Follow us:


Follow us

२७ जेठ २०८३, बुधवार
२७ जेठ २०८३, बुधवार


बिप्लब अखिल क्रान्तिकारीद्धारा मुल्यवद्धि फिर्ता लिन माग (भिडिओ सहित)

एक्सन खबर
२० माघ २०७८


बिप्लब अखिल क्रान्तिकारीद्धारा मुल्यवद्धि फिर्ता लिन माग (भिडिओ सहित)

धरान । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै बिप्लब निकटका नेकपा (क्रान्तिकारी माओवादी) विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले बिरोध प्रदर्शन गरेको छ । बिहिबार धरान भानुचौकमा अखिल क्रान्तिकारीले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै बिरोध प्रदर्शन तथा कोण सभा गरेकाे हाे ।

संगठनका जिल्ला अध्यक्ष बिक्रम परियारको नेतृत्वमा भएको प्रदर्शन पछिकाे काेणसभामा अखिल क्रान्तिकारी केन्द्रिय सदस्य नातासा सुवेदीले सरकारले पेट्रोलियम पदार्थमा जनताको ढाड सेक्नेगरी मूल्यवृद्धि गरेको उल्लेख गर्दै तत्काल फिर्ता नलिए जस्तोसुकै कदम चाल्न संगठन पछि नहटने बताईन् ।



कोरोना महामारीको बेलामा जनतालाई राहत दिनुपर्नेमा सरकारले बारम्बार पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर आहत दिने काम गरेको उनले जिकीर गरिन् । सरकारले जनताको भोक, रोग र अभाव नदेखेकाे उल्लेख गर्दै बारम्बार पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गर्नु ज्यानमारा सरकार भएको दावी गरिन् ।

क्रान्तकारीका जिल्ला अध्यक्ष बिक्रम परियारले पेट्रोलियम पदार्थमा बारम्बार मूल्यवृद्धि गर्नु लाजमर्दो भएको बताए । उनले यहि अबस्था रहे जनताले खुनपसिना गरेर आफना सामान्य सुबिधाका लागि किनेका सवारी साधन समेत थन्काउनुपर्ने अवस्था सिर्जना हुने बताए । हरेक महिना मुल्य बृद्धि हुँदै गए अखिल क्रान्तिकारी शशक्त रूपमा आन्दोलनमा उत्रिने चेतावनी पनि दिए ।

गत मंगलबार रातिबाट लागू हुनेगरी सरकारले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर तीन रुपैयाँ मूल्यवृद्धि गरेको थियो ।














0 प्रतिकृया