Follow us:


Follow us

२८ भदौ २०८३, आइतवार
२८ भदौ २०८३, आइतवार


संघ सरकारको निर्णय विपरित भाैतिक रूपमा कक्षा सञ्चालन गरिँदै

एक्सन खबर
२१ माघ २०७८


संघ सरकारको निर्णय विपरित भाैतिक रूपमा कक्षा सञ्चालन गरिँदै

काठमाडाैं । उपत्यकाको गोकेर्णेश्वर नगरपालिकाले पालिकाभित्रका विद्यालयमा भौतिक पठनपाठन सञ्चालनको निर्णय गरेको छ ।

संघ सरकारले माघ मसान्तसम्म विद्यालय, कलेज, विश्वविद्यालय तथा शैक्षिक प्रतिष्ठानमा भौतिक उपस्थितिमा पठनपाठन रोक्ने निर्णय गरेको थियो । सोही अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय तहलाई परिपत्र भएको थियो ।

तर, गोकर्णेश्वरले भने २३ माघ अर्थात् आगामी आइतबारबाट भौतिक उपस्थितिमै विद्यालयमा पठनपाठन गर्ने निर्णय गरेको हो । एउटा कक्षामा २५ जनाभन्दा बढी विद्यार्थी नराख्ने गरी आलोपालो गरेर कक्षा सञ्चालनको निर्णय भएको नगरपालिकाका मेयर सन्तोष चालिसेले जानकारी दिए ।

कोरोना महामारीको संक्रमण बढेपछि सरकारले पुस अन्तिम साताबाट विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन रोकेको थियो । १५ माघसम्मका लागि पठनपाठन बन्द भए पनि फेरि लम्ब्याएर माघ मसान्तसम्म कायम गरिएको छ ।













0 प्रतिकृया