Follow us:


Follow us

२२ असार २०८३, सोमवार
२२ असार २०८३, सोमवार


दीपेन्द्र र अविनाश चम्किएको खेलमा नेपाल विजयी

एक्सन खबर
२८ माघ २०७८


दीपेन्द्र र अविनाश चम्किएको खेलमा नेपाल विजयी

काठमाडौं । ब्याटिङमा दीपेन्द्रसिंह ऐरी र बलिङमा अविनाश बोहरा चम्किएपछि चारदेशीय टी- २० शृंखलाको पहिलो खेलअन्तर्गत नेपालले आयोजक ओमानलाई ६ विकेटले पराजित गरेको छ ।

मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा ओमानले प्रस्तुत गरेको १३६ रनको लक्ष्य नेपालले तीन बल बाँकी छँदै चार विकेटको क्षतीमा भेट्टायो ।नेपालको ब्याटिङमा दीपेन्द्रले अर्धशतकीय इनिङ खेले । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो अर्धशतक प्रहार गरेका दीपेन्द्रले अविजित ७३ रन बनाए । ५३ बलको सामना गरेका दीपेन्द्रले आठ चौका र एक छक्का प्रहार गरेका थिए ।

नेपालबाट ज्ञानेन्द्रले पभेलियन फर्किनुअघि १३, ओपनर आशिफ शेखले १४ र प्रदीप ऐरीले चार रन जोडे । यस्तै, चार बलमा चार रन बनाएका सरद भेषावकर दीपेन्द्रसँगै अविजित रहे ।

यसअघि टस हारेर ब्याटिङमा आएको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३५ रनको योगफल खडा गरेको थियो । ओमानका कप्तान जिसन मक्सुदले सर्वाधिक अविजित ४३ रन बनाए । उनले ४१ बलमा तीन चौका र एक छक्का प्रहार गरे । यस्तै, नदिमले पभेलियन फर्किनुअघि ३० बलमा दुई चौकासहित ३१ रन जोडे ।

नेपालका अविनाश बोहराले तीन विकेट लिए । चार ओभर बलिङ गरेका अविनाशले २६ रन खर्चिए । त्यस्तै, कप्तान सन्दीप लामिछाने, कमलसिंह ऐरी र आरिफ शेखले एक एक विकेट लिए । शृंखलाअन्तर्गत नेपालले भोली सयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्नेछ ।

तस्वीर : क्यान












0 प्रतिकृया








लोकप्रिय