Follow us:


Follow us

२८ भदौ २०८३, आइतवार
२८ भदौ २०८३, आइतवार


नेकपा एमालेकाे राष्ट्रिय युवा संघ सुनसरीको नयाँ कमिटी चयन

एक्सन खबर
२९ माघ २०७८


नेकपा एमालेकाे राष्ट्रिय युवा संघ सुनसरीको नयाँ कमिटी चयन

नेकपा एमालेकाे राष्ट्रिय युवासंघ नेपाल सुनसरीको नयाँ कमिटी चयन भएको छ । सुजन लामाको नेतृत्वको ७५ सदस्यीय कमिटी गठन भएको हो ।

यसअघि अध्यक्ष मात्र चयन भएकोमा शुक्रवार कमिटीलाई पूर्णता दिइएको युवा सङ्घका केन्द्रीय सदस्य अरुण गुरुङले बताएका छन् । कमिटीको उपाध्यक्षमा ब्रम्हज्ञ भट्टराई र सचिवमा राकेश डाँगी चयन भएका छन् । यस्तै सहसचिव अरुण राई, सुनिल कार्की र कोषाध्यक्षमा लक्ष्मण शाह रहेका छन् । सबै पालिका र भूगोल मिलाएर ७५ सदस्यीय कमिटी गठन गरिएको गुरुङले जानकारी दिए ।

कमिटीको सदस्यहरुमा रेवतराम गुरुङ, राजेश राई, रोशन लामा, सञ्जित साह, रविन्द्र भट्टराई, निशान बुढाथोकी, मेनुका भट्टराई, जिनिट राई, सौजन तामाङ, अनिश साह, नानु दाहाल, प्रदीप घिमिरे, रामभक्त राई, निर्मल खड्का, सुजित बस्नेत, सञ्जिता राई, जानुका गुरुङ, मणी तामाङ रहेका छन् ।

यसैगरी, प्रबिण लिम्बु, अमृत भुजेल, बिबेक राई, कान्ता पोखरेल भट्टराई, मञ्जित राम, सम्भु ठटाल, दिपबहादुर गुरुङ, विकास श्रेष्ठ, आनन्द राई, नवराज पौडेल, रमेशकुमार यादव, चन्दनकुमार यादव, इशाक अन्सारी समेत रहेका छन् । त्यस्तै, नरेश आचार्य, गौतम खालिन, जिवनकला राई, रिसिब राई, बि.बी. राई, प्रदीप गिरी, मिलन राई, कुमार भारती, तुला मगर लगायत रहेका छन् ।

कमिटीले पूर्णता पाएसँगै अध्यक्ष लामाले आगामी स्थानीय निर्वाचनमा एमालेलाई विजयी गराउन लागिपर्ने बताए । एमाले नेतृत्वको सरकारले गरेका कामको प्रचार गर्ने र आगामी योजनासहित जनताको घरघरमा प्रचार तीव्र पारिने उनको भनाई छ ।













0 प्रतिकृया