Follow us:


Follow us

२२ असार २०८३, सोमवार
२२ असार २०८३, सोमवार


पत्रकार अहमद अल्पसंख्यक हित विभागकाे प्रमुख

एक्सन खबर
१० फागुन २०७८


पत्रकार अहमद अल्पसंख्यक हित विभागकाे प्रमुख

इनरुवा । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको चौथो पूर्ण बैठकले पत्रकारिताको विकास र पत्रकारहरुको हित अभिबृद्धिका लागि २२ वटा बिभाग गठन गरेको छ ।

यसरी गठन गरेको विभाग मध्ये इनरुवाका पत्रकार एवम नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य इकवाल अहमद (इफ्तखार हसन) को नेतृत्वमा अल्पसंख्यक क्षेत्र पत्रकार हित विभाग गठन गरिएकाे छ ।

अल्पसंख्यक पत्रकारहरुको मुद्दालाई संवोधनसहित उनीहरुको हक अधिकार र क्षमता अभिबृद्धिको लागि आवश्यक योजना कार्यान्वयनको लागि सो समितिले काम गर्नेछ ।

पत्रकार अहमदले आफूलाई महासंघले विश्वास गरेर अल्पसंख्यक पत्रकारहरुको हित विभागको प्रमुख बनाएको भन्दै आफूले अल्पसंख्यक पत्रकारहरुको मुद्दालाई मुलधारको मुद्दाको रुपमा स्थापित गर्दै उनीहरुका हक अधिकार र क्षमता अभिबृद्धिमा काम गर्ने बताए ।













0 प्रतिकृया