Follow us:


Follow us

१६ साउन २०८३, शनिवार
१६ साउन २०८३, शनिवार


१० वर्ष टिक्छन् पाशुपत क्षेत्रमा बनाइएका शिव–पार्वतीका पेन्टिङहरू (फाेटाे फिचर)

एक्सन खबर
११ फागुन २०७८


१० वर्ष टिक्छन् पाशुपत क्षेत्रमा बनाइएका शिव–पार्वतीका पेन्टिङहरू (फाेटाे फिचर)

काठमाडौं । काठमाडौंको गौशालास्थित पाशुपत क्षेत्रको पर्खालमा शिव–पार्वतीसहित भगवानको पेन्टिङ गर्ने कार्य भइरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको निर्देशनमा पाशुपत क्षेत्रको पर्खालमा शिव–पार्वतीसहित भगवानको पेन्टिङ थालिएको हो ।

शिवरात्रिसम्ममा पेन्टिङ सक्नेगरी काम भइरहेको छ । यस वर्षको शिवरात्रि यही १७ फागुनमा परेको छ । ‘वेदर कोेट’को प्रयोग गरेर बनाइएको शिव–पार्वतीसहित भगवानको पेन्टिङ १० वर्ष टिक्ने चित्रकारहरूको दाबी छ ।

महाशिवरात्रीमा पशुपतिनाथकाे दर्शनार्थ नेपाल भारतबाट करिब १० लाख भक्तजन आउने अनुमान गरिएकाे छ । धमाधम बनाइन लागिएका शिव–पार्वतीका पेन्टिङहरूले पाशुपत क्षेत्रकाे शाेभा बढाएकाे छ ।

हेर्नुहाेस् फाेटाेहरू















0 प्रतिकृया