Follow us:


Follow us

२२ असार २०८३, सोमवार
२२ असार २०८३, सोमवार


नेकपा एमाले दुहवी नगर कमिटीको सपथ ग्रहण तथा विस्तारित बैठक

एक्सन खबर
११ फागुन २०७८


नेकपा एमाले दुहवी नगर कमिटीको सपथ ग्रहण तथा विस्तारित बैठक

दुहवी । नेकपा एमाले दुहवी नगर कमिटीको सपथ ग्रहण तथा विस्तारित बैठक सम्पन्न भएको छ । हिजो मंगलबार सम्पन्न सपथ ग्रहण तथा विस्तारित बैठकको प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सदस्य भगवती चौधरी रहेकी थिइन् ।

कार्यक्रममा बोल्दै नेतृ चौधरीले आगामी निर्वाचनमा दुहवी नगरसँगै क्षेत्र नं. ३ मा नेकपा एमालेलाई बहुमत हासिल गर्नेगरी रणनीति बनाउनु पर्ने बताइन् । नेकपा एमालेसँग मात्रै समाजवादको प्रष्ट धारणा रहेको बताउँदै नेतृ चौधरीले नगरबासीका समस्या तथा गुनासाहरुलाई पार्टीले सुन्नुपर्ने तथा जनजिविकाका सवालमा आवाज घनिभूत गर्दै जानुपर्ने पनि बताइन् ।

पार्टी विभाजनबाट गुज्रिएपनि नेकपा एमालेसँग देश बनाउने प्रष्ट भिजन भएकाले जनताहरुले अझै विस्वास गर्ने बताउँदै चौधरीले आर्थिक शशक्तिकरण, रोजगारी, गरिबी न्यूनिकरणका अभियानहरु सञ्चालन गरेर पार्टीमा जनताको आकर्षण बढाउनु पर्ने बताइन् । संमृद्ध मुलुक सुखी नेपालीको अभियानमा सबै नेपालीलाई समेटेर लैजाँदा जनताका आधारभूत आवश्यक्ताहरु पुरा हुने दावी गरिन् ।

पूर्वराज्यमन्त्री समेत रहेकी नेतृ चौधरीले आउँदो स्थानीय तहको निर्वाचनमा पार्टीलाई सबै तहमा बहुमत ल्याउन पार्टीले विशेष रणनीति बनाउनु पर्नेमा जोड दिइन् । ‘मेरो वडा म जिताउँछु, हाम्रो वडा हामी जिताउँछौं । सुखी नेपालीका लागि समृद्ध नेपाल हामी बनाउँछौं’ भन्ने अभियानका साथ पार्टीका नेता कार्यकर्ताहरु जनतामाझ जानुपर्ने चौधरीको भनाई छ ।

नेकपा एमाले दुहवी नगर कमिटीले बैशाख ३० गते घोषणा गरिएको स्थानीय तहको निर्वाचन केन्द्रीत गर्दै वडा तथा गाउँहरुमा संगठन सुदृढिकरण तथा पार्टी प्रवेशको कार्यक्रमलाई तिब्रता दिएको छ ।  













0 प्रतिकृया