Follow us:


Follow us

१७ जेठ २०८३, आइतवार
१७ जेठ २०८३, आइतवार


बलात्कार आरोप लागेका एमाले सांसद बानियाँ एयरपाेर्टबाट पक्राउ

एक्सन खबर
फागुन, १७, २०७८


बलात्कार आरोप लागेका एमाले सांसद बानियाँ एयरपाेर्टबाट पक्राउ

नेपालगञ्ज । जबर्जस्ती करणीको आरोप लागेका नेकपा एमाले सांसद मोहन बानियाँ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले उनलाई सोमबार साँझ पक्राउ गरेको हो । बाँकेका डीएसपी मधुसुदन न्यौपानेले बानियाँलाई नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरीएको बताए ।

अहिले उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखिएको छ । माघ १९ गते नेपालगन्जस्थित अप्सरा होटलमा सांसद बानियाँले ४० वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको उजुरी प्रहरीमा परेको थियो ।

पीडित महिलाले सांसद बानियाँविरुद्ध माघ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । जबर्जस्ती करणी अभियोगमा सांसद बानियाँविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।













0 प्रतिकृया