अनेमसंघ गढी गाउँपालिका अध्यक्षमा नानीमाया
एक्सन खबर
सुनसरी । नेकपा (एमाले) को भातृ संगठन अखिल नेपाल महिला संघ गढी गाउँपालिकाको भेला तथा नयाँ कमिटी गठन भएको छ । नेकपा (एमाले) केन्द्रीय सदस्य तथा महिला आर्थिक शसक्तिकरणकी अभियान्ता भगवती चौधरीको प्रमुख आतिथ्यतामा भएको भेलाले नानीमाया धिमालको अध्यक्षतामा गाउँपालिका कमिटी गठन गरेको हो ।
गठित गाउँ कमिटीको उपाध्यक्षमा दशनीदेवी चौधरी, सचिवमा रानोदेवी साह, सह–सचिवमा अनिता चौधरी र सितादेवी उराँव रहेका छन् । यस्तै कोषाध्यक्षमा सवितादेवी साह र जिल्लाबाट इन्चार्जमा रिभादेवी कर्ण र सह–इन्चार्जमा सुमित्रा चौधरी रहेका छन् ।
उक्त भेलालाई संवोधन गर्दै पूर्वराज्यमन्त्री समेत रहेकी भगवती चौधरीले महिलाहरु राजनीतिमा आउनुपर्ने बताइन् । महिलाहरुमा आर्थिक, सामाजिक, शैक्षिक तथा राजनीतिक सचेतना भएर घरपरिवार र समाजमा व्याप्त महिला हिंसा न्यूनिकरण हुने तथा मुलुक र समाजको बृहत्तर विकासमा टेवा पुग्ने बताइन् ।
पछिल्लो समय एमाले नेतृ चौधरी आफ्नो गृह जिल्लामा पार्टीको कार्यक्रमहरुमा केन्द्रीत भएकी छन् । बैशाख ३० गते घोषित स्थानीय तहको निर्वाचन तथा त्यसपछिको प्रतिनिधि सभा निर्वाचनमा सुनसरी क्षेत्र नं. ३ मा नेकपा (एमाले) का उम्मेद्वारहरुलाई जिताउने लक्ष्यसहित चौधरी जिल्ला केन्द्रीत भएकी हुन् ।
-->
0 प्रतिकृया