माेटरसाइकल दुर्घटनामा दुध नष्ट
एक्सन खबर
सुनसरी । कोशी राजमार्ग अन्तर्गत धरानमा मोटरसाईकल दुर्घटना भएको छ । उक्त स्थानमा दुई मोटरसाइकल एकआपसमा ठोकिएर दुर्घटना भएको थियो । उतरबाट दक्षिण तर्फ दुध बोकेर आउँदै गरेको प्रदेश १ ०४० प ४५९६ नम्बरको मोटरसाइकललाई पछाडिबाट को ५ प ४००४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।
धरान ८ वरगाछी स्थित अस्थायी प्रहरी चौकी अगाडि नै भएको उक्त दुर्घटनामा दुवै मोटरसाइकल चालक सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानले जनाएको छ । दुध बोकेर धरान बजार आउँदै गरेको मोटरसाइकल चालक धरान ६ पानवारी निवासी रामजी कार्की भएको प्रहरीले जनाएको छ । उनले बोकेको करिब ८५ लिटर दुध पोखिएर नस्ट भएको थियो ।
यस्तै, अर्का मोटरसाइकल चालक सप्तरी निवासी रमेशकुमार मण्डल सामान्य घाइते भएको छ । उनी विद्यार्थी भएको र परीक्षा दिन जादै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
0 प्रतिकृया