राष्ट्रिय युवा संघ नेपाल दुहबीमा निशान्त भट्टराई
एक्सन खबर
दुहवी । नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल दुहबी नगर कमिटीको अध्यक्षमा निशान्त भट्टराई चयन भएका छन् । युवा संघ नेपाल दुहवीको प्रथम नगर भेलाबाट नगर कमिटीको अध्यक्षमा भट्टराई सहित कार्य समिति सर्वसम्मतले चयन भएका हुन् ।
शनिबार आयोजित नगर अधिवेशनले उपाध्यक्षमा साहमुदिन आलम, सचिवमा प्रहलाद चौधरीलाई सर्वसम्मत चयन गरेको छ । यस्तै कमिटीको सह–सचिवमा कपिल भट्ट, सह–सचिवमा विवेक भट्टराई सर्वसम्मत भएका छन् ।
यसैगरी, कोषाध्यक्षमा लक्ष्मी कुमारी माझी सर्वसम्मत हुँदा युथ फ्रोस नगरको प्रमुखमा दिपेन चौधरी र उपप्रमुखमा मोहम्मद हबीब मिया सर्वसम्म भएका छन् ।
यसैगरी, हिजो नै नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको प्रथम नगर भेलाबाट राकेश मुन्दराको अध्यक्षतामा दुहबी नगर कमिटी पनि गठन गरेको छ । उक्त कमिटीको उपाध्यक्षमा ताविज हुसैन (मुस्तकिम), उपाध्यक्ष रजनी उपाध्यायलाई चयन गरेको छ ।
यसैगरी सचिवमा जीवन लुईटेल, सह–सचिवमा गितादेवी चौधरी र मुस्ताक आलम तथा कोषाध्यक्षमा मिलन कु. मालु चयन भएको राष्ट्रिय युवासंघ सुनसरी सचिव राकेश डाँगीले जनाएका छन् ।
नेकपा एमालेले बैशाख ३० गते घोषित स्थानीय तहको निर्वाचनसँगै देशभर संगठन निर्माण, विस्तार र प्रचारात्मक कार्यलाई तिव्रता दिएको छ । सुनसरी क्षेत्र नं. ३ नेकपा एमालेकी केन्द्रीय सदस्य तथा पूर्वराज्यमन्त्री महिला आर्थिक शसक्तिकरणकी अगुवा भगवती चौधरीको क्षेत्र हो ।
0 प्रतिकृया