Follow us:


Follow us

२२ असार २०८३, सोमवार
२२ असार २०८३, सोमवार


धुम्बाराहीमा केएमसीको स्वास्थ्य शिविर, एक हजार बिरामीको निःशुल्क उपचार

एक्सन खबर
फागुन, २३, २०७८


धुम्बाराहीमा केएमसीको स्वास्थ्य शिविर, एक हजार बिरामीको निःशुल्क उपचार

काठमाडौं । काठमाडौं महानगरपालिका–४ स्थित धुम्बाराही पिपलबोटमा आइतबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज, गुड अटो मोबाईल, लायन्स क्लब अफ काठमाडौं युनाइटेड फ्रेन्डस् र लियो क्लब अफ काठमाडौं युनाइटेड फ्रेन्डसको सहकार्यमा एक दिने निःशुल्क शिविर सञ्चालन गरिएको हो ।

महेन्द्र अटो मोबाईलको प्राङ्गणमा सञ्चालन भएको शिविरमा १०१३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा २२१ जनाको रक्त परीक्षण, १८९ जनाको भिडियो एक्सरे र १५६ जनाको ईसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । त्यस्तै २२ जनाको दाँत निकालिएको छ भने शिविरमा उपचार सम्भव नभएका ४२ जना बिरामीलाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको छ ।



केएमसीले बिहीबार काभ्रेको पनौतीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेर १११३ जना बिरामीको उपचार गरेको थियो । डा.सुनिल शर्माको प्रवेशसँगै निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई तीब्रता दिएको केएमसीले बिभिन्न जिल्लामा पुगेर स्वास्थ्य शिविर सञ्चालन गरी बिरामीहरुको निःशुल्क उपचार गर्दै आएको छ ।













0 प्रतिकृया