राप्ती प्रतिष्ठानमा निवर्तमान उपकुलपतिकाे विदाईसँगै नवनियुक्त उपकुलपतिलाई स्वागत
एक्सन खबर
दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नवनियुक्त उपकुलपति डा. विकास लामिछानेलाई स्वागत गर्दै निवर्तमान तथा प्रतिष्ठानका प्रथम उपकुलपतिकाे विदाई गरिएकाे छ । आइतवार प्रतिष्ठानका नवनियुक्त उपकुलपति डा. लामिछानेलाई स्वागत गर्दै निवर्तमान एवं प्रतिष्ठानको प्रथम उपकुलपति प्रा.डा. संगीता भण्डारीको विदाई गरिएकाे हाे ।
नवनियुक्त उपकुलपति डा. लामिछानेलाई पदाधिकारी, शिक्षक, चिकित्सक, नर्सिङ, कर्मचारीहरु तथा निवर्तमान उपकुलपति प्रा.डा. संगीता भण्डारीले स्वागत गरेका थिए भने, निवर्तमान उपकुलपतिलाई उपकुलपति डा. लामिछाने लगायतका पदाधिकारी, शिक्षक, चिकित्सक, नर्सिङ तथा कर्मचारीहरुले विदाई गरेका थिए ।
उक्त अवसरमा प्रतिष्ठानका नवनियुक्त उपकुलपति डा. लामिछानेले प्रतिष्ठानको संस्थापक उपकुलपतिको हैसियतले प्रा.डा. भण्डारीले प्रतिष्ठानको स्थापना, विकास र विस्तारका लागि पुर्याएकाे योगदानको स्मरण गर्दै भावी जीवन सुखपूर्ण र आनन्ददायी रहोस भन्ने कामना गरे । साथै, भविष्यमा पनि प्रतिष्ठानको विकास र विस्तारमा सहयोग हुने अपेक्षा गरे ।
निवर्तमान उपकुलपति डा. भण्डारीले पनि डा. लामिछानेकाे कार्यकाल सफल हुने विस्वास व्यक्त गर्दै प्रतिष्ठानकाे वृहत्तर विकास र विस्तारका लागि सदैव सकृय रहने प्रतिबद्धता जनाइन् । प्रतिष्ठान लुम्विनी प्रदेशका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा र मेडिकल शिक्षा दिनका लागि स्थापना गरिएकाे स्मरण गर्दै डा. भण्डारीले आफ्नाे ४ वर्षे कार्यकालमा काेराेना संक्रमण, बजेट अभाव लगायत विभिन्न अवराेधहरू आइपरेपनि प्रतिष्ठानकाे दिर्घकालिन विकासका लागि फाउण्डेसन तयार पारेकाेले अबका दिनमा प्रतिष्ठानकाे विकास द्रुत गतिमा हुने विस्वास व्यक्त गरिन् ।
आयाेगद्वारा स्थलगत निरीक्षण
त्यसअघि आइतवार प्रतिष्ठानमा
यही शैक्षिक शत्रदेखि वि.एस्सी. नर्सिङ, विएनएस, व्याचलर अफ फार्मेसी
शैक्षिक कार्यक्रममा पठनपाठन सञ्चालन गर्ने कार्यक्रम रहेकोमा चिकित्सा
शिक्षा आयोगले शैक्षिक कार्यक्रम सञ्चालनको स्वीकृति र विद्यार्थी सीट
संख्या निर्धारण गर्ने भएकाले प्रतिष्ठानको स्थलगत रुपमा सम्भाव्यता अध्ययन
गर्न आयोगबाट प्रतिनिधिहरु आएका थिए ।
सो क्रममा ती कार्यक्रमहरु
सञ्चालन गर्न आवश्यक पर्ने भौतिक पूर्वाधारहरू लेक्चर हल, अडिटोरियम हल,
फ्याकल्टी रुम, ल्याव, फार्मेसी, पुस्तकालय तथा छात्रावास र जनशक्तिको
बारेमा जानकारी लिएका थिए ।
सो अवसरमा प्रतिष्ठानका उपकुलपति डा.
बिकाश लामिछाने, शिक्षाध्यक्ष डा. बसन्त लामिछाने, रजिष्ट्रार प्रकाश थापा,
डीन डा. सागर पन्थी, निर्देशक डा. प्रज्ञा सिंह बस्नेत लगायत चिकित्सक र
कर्मचारीहरुले आयोगले खटाएका सम्भाव्यता अध्ययन टोलीका प्रतिनिधिहरुलाई
प्रतिष्ठानकाे भाैतिक तथा जनशक्तिका बारेमा जानकारी गराएका थिए ।
0 प्रतिकृया