Follow us:


Follow us

१९ जेठ २०८३, मङ्गलवार
१९ जेठ २०८३, मङ्गलवार


नयाँ क्यान्सर इन्जेक्सनले देखायो आशा

एक्सन खबर
जेठ, १९, २०८३


नयाँ क्यान्सर इन्जेक्सनले देखायो आशा

एजेन्सी । क्यान्सर उपचारमा महत्वपूर्ण उपलब्धि हासिल भएको दाबी गरिएको छ । जोन्सन एन्ड जोन्सनले विकास गरेको ‘अमिभान्टामाब’ नामक नयाँ इन्जेक्सनको ११ देशमा गरिएको क्लिनिकल परीक्षणमा उत्साहजनक नतिजा देखिएको हो ।

अध्ययनमा सहभागी १०२ जना टाउको तथा घाँटीको क्यान्सर भएका बिरामीमध्ये ४३ जनामा सकारात्मक प्रभाव देखिएको छ । तीमध्ये २८ जनाको ट्युमर उल्लेखनीय रूपमा सानो भएको र १५ जनामा क्यान्सर पूर्ण रूपमा हटेको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

‘ट्रिपल–एक्सन’ उपचार मानिएको यो इन्जेक्सनले क्यान्सर कोषिकाको वृद्धि रोक्नुका साथै रोग प्रतिरोधात्मक प्रणालीलाई सक्रिय बनाउने काम गर्छ । विशेषज्ञहरूले यसलाई क्यान्सर उपचारमा नयाँ आशाको रूपमा हेरेका छन्, यद्यपि यसको दीर्घकालीन प्रभावकारिता पुष्टि गर्न थप अध्ययन आवश्यक रहेको बताएका छन् ।













0 प्रतिकृया