Follow us:


Follow us

२८ भदौ २०८३, आइतवार
२८ भदौ २०८३, आइतवार


दुहवी खानेपानी कार्यालयका अध्यक्ष, सचिव सहित नेकपा एमालेमा प्रवेश

एक्सन खबर


दुहवी खानेपानी कार्यालयका अध्यक्ष, सचिव सहित नेकपा एमालेमा प्रवेश

दुहवी । लामो समयदेखि नेपाली कांग्रेसको राजनीति गर्दै आएका सुनसरी दुहवीका नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । कांग्रेसबाट राजनीति गर्दै वडाध्यक्ष समेत भइसकेका दुहवीका पुराना कांग्रेसी नेता तेजनारायण रौनियार सहित दुहवीका प्रमुख व्यक्तिहरु एमालेमा प्रवेश गरेका हुन् ।

रौनियार खानेपानी कार्यालय दुहवीका अध्यक्ष समेत हुन् । उनी २०४९ सालमा साविक दुहवी गाविस वडा नं. ६ मा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष समेत भएका थिए ।

नेकपा एमालेले मोरङको रंगेलीमा आयोजना गरेको कार्यक्रमलाई संवोधन गर्न विराटनगर पुगेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबाटै उनीहरु पार्टी प्रवेश गरेका हुन् । यस्तै कांग्रेस क्षेत्रीय कमिटी तथा दुहवी खानेपानी कार्यालयका सचिव बद्रीनारायण विस्वास, कांग्रेस नगर कमिटी वडा नं. ३ का अन्तराम माझी, चुनरलाल चौधरी, देवकी विस्वास लगायत विराटनगर विमानस्थलमै पुगेर पार्टी अध्यक्ष ओलीबाट अविर टिका तथा खादा लगाएर पार्टी प्रवेश गरेका थिए ।



एमाले केन्द्रीय सदस्य भगवती चौधरीको नेतृत्वमा विराटनगर विमानस्थल पुगेका उनीहरुले समृद्ध मुलुक र सुखी नेपालीको सपना साकार पार्ने कार्यनिती नेकपा एमालेसँग मात्र रहेको भन्दै कांग्रेस लगायत अन्य पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको बताए ।

लामो समय कांग्रेसको राजनीति गरेपनि कांग्रेसले आफुहरुको लागि कुनै काम नगरेको बताउँदै समाजवाद नेकपा एमालेसँग मात्र रहेकोले आफुहरु एमालेमा समाहित भएको बताए । सो क्रममा पार्टी अध्यक्ष ओलीले जनताले अबको निर्वाचनमा नेकपा एमालेलाई दुई तिहाई बहुमत दिएर पुनः सरकारमा पठाउने बताउँदै देश विकास, स्वाधिनता, राष्ट्रियताका एजेण्डा आफुहरुसँग मात्र रहेको बताए ।

बैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै सुनसरी क्षेत्र नं. ३ मा नेकपा एमाले प्रवेश गर्ने जनलहर छाएको छ । एमाले नेतृ भगवती चौधरीसमेत पछिल्लो समय गृह क्षेत्रको राजनीतिमा सक्रिय रहँदै आफ्ना नेता कार्यकर्ताहरुसँगै गाउँगाउँ जाँदा सिंगो क्षेत्र एमालेमय भएको छ ।

आजै मोरङको रंगेलीमा आयोजित जनसभामा रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया, उपमेयर केशवकुमारी खरालसहित तीन जना वडाध्यक्ष, जनप्रतिनिधि तथा हज्जारौंको संख्यामा माओवादी कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका थिए ।














0 प्रतिकृया