Follow us:


Follow us

१३ असार २०८३, शनिवार
१३ असार २०८३, शनिवार


काठमाडौंको आरुबारीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
फागुन, २६, २०७८


काठमाडौंको आरुबारीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । काठमाडौं महानगरपालिका–६ आरुबारी, बौद्धमा बुधबार निःशुल्क स्वास्थ्य सञ्चालन गरिएको छ । महिला, बाल बालिका तथा जेष्ठ नागरिक मन्त्रालय राष्ट्रिय बाल अधिकार परिषद् श्रीमहल ललितपुरसँग सहकार्य गरेर काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले एक दिने शिविर सञ्चालन गरेको हो ।

अस्थायी संरक्षणमा रहेका सडक बालबालिकाको उपचारलाई प्राथमिकतामा राखेर सञ्चालन गरिएको शिविरमा ९६३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा १९२ जनाको भिडियो एक्सरे, १८७ जनाको रक्त परीक्षण र ९७ जनाको ईसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । त्यस्तै दाँतको समस्या भएका २२ जनाको दाँत खोलिएको छ भने शिविरमा उपचार सम्भव नभएका ३१ जनालाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।



केएमसीले आइतबार काठमाडौंको धुम्बाराहीमा स्वास्थ्य शिविर सञ्चालन गरेर १०१३ जना बिरामीको निःशुल्क उपचार गरेको थियो । डा.सुनिल शर्माको प्रवेशसँगै निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई तीव्रता दिएको केएमसीले बिभिन्न जिल्लामा पुगेर स्वास्थ्य शिविर सञ्चालन गरी बिरामीहरुको निःशुल्क उपचार गर्दै आएको छ ।













0 प्रतिकृया