Follow us:


Follow us

२२ असार २०८३, सोमवार
२२ असार २०८३, सोमवार


काँग्रेस सप्तरीमा रामदेव साह विजयी

एक्सन खबर
फागुन, २६, २०७८


काँग्रेस सप्तरीमा रामदेव साह विजयी

सुधा देव
सप्तरी । नेपाली काँग्रेस सप्तरीको सभापतिमा डा. शेखर कोइराला पक्षबाट उम्मेदवार रामदेव साह विजय भएका छन् । संस्थापन पक्षका उम्मेदवार शत्रुधन यादवलाई १ सय १६ मतले पराजित गर्दै ११ सय ८६ मत प्राप्त गरि उनी विजयी भएका हुन् ।

यादवले १ हजार ७० मत प्राप्त गरेका छन् । मंगलबार सम्पन्न मतदानको मत गणना बिहिवार बिहानदेखि शुरू भएको थियो कांग्रेस सप्तरीमा कुल २ हजार ५३५ मतदाता छन् ।

जसमध्ये २ हजार ३४२ जनाले मतदान गरेका थिए । सभापति सहित ८५ पदका लागि मतदान भएको छ । उपसभापति सहित अन्य पदको मतदान अब शुरूहुने मतदान अधिकृत डा. रुद्र शर्माले जनाएका छन ।













0 प्रतिकृया