Follow us:


Follow us

११ असार २०८३, बिहिवार
११ असार २०८३, बिहिवार


एमफानको दोश्रो वार्षिक साधारण सभा सम्पन्न

एक्सन खबर
फागुन, २८, २०७८


एमफानको दोश्रो वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । मुलुकको समग्र शासकीय काम कारवाही गलत रुपमा अगाडी बढ्दा आर्थिक क्षेत्र धरासायी भएको पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् । पछिल्लो समय राज्य सञ्चालकहरुको अर्कमन्यताका कारण आर्थिक क्षेत्रमा वित्तीय उलंघन भएको समग्र आर्थिक नितीहरु नै प्रभावित भएको बताउँदै उनले लघुवित्त क्षेत्रपनि त्यसबाट अछुतो रहन नसकेको जनाए ।

माइक्रोफाइनान्स एशोसिएशन अफ नेपालको दोश्रो वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले मुुलुकको अर्थतन्त्र नै भयावह अवस्थामा पुगेको दावी पनि गरे । ‘राजनीतिक कारण अहिले मुलुकको अर्थतन्त्र भयावह अवस्थामा पुगेको छ । समग्र अर्थतन्त्रका शुचकांकहरु नकारात्मक भएकाले त्यसबाट उम्किन धेरै गाह्रो हुन जान्छ ।’ लघुवित्त क्षेत्रले नेपालको गरिबी न्यूनीकरणमा टेवा पुर्याए पनि लघुवित्त कार्यक्रमलाई देशका सबै क्षेत्रमा पुर्याउन नसकिएको तथा लघुवित्त वित्तीय संस्थाहरुका समस्यालाई समाधान गर्न नसकिएको पनि बताए ।

लघुवित्तले मात्रै गरिबी न्यूनीकरणमा योगदान गर्न नसक्ने बताउँदै पूर्वअर्थमन्त्री पौडेलले राज्यले गरिबी न्यूनीकरणमा निती तथा योजनाहरु ल्याउनु पर्ने पनि सुझाए ।

कार्यक्रममा बोल्दै संस्थाकी उपाध्यक्ष भगवती चौधरीले लघुवित्त वित्तीय संस्थाहरुका समस्या समाधान गर्न राष्ट्र बैंक तथा सरकार संवेदनशील नभएको पनि बताइन् । नेपाल राष्ट्र बैंकले विभिन्न बैंकहरुमार्फत उपलब्ध गराउने सहुलियत कर्जाको फण्ड लघुवित्त संस्थाहरुले नपाएको बताउँदै भनिन्–‘राष्ट्र बैंकले विकास बैंक, वि क्लासका बैंक र लघुवित्त संस्थाहरुलाई कर्मसियल बैंकहरुबाट सहुलियत कर्जा दिने भएपनि अहिले बैंकहरुले फण्ड नभएको भनेर कर्जा दिइरहेका छैनन् ।’



लघुवित्त वित्तीय संस्थाहरुको उद्देश्य ग्रामिण भेगमा रहेका गरिब जनताहरुको जिवनस्तर उकास्ने रहेको बताउँदै पूर्वराज्यमन्त्री समेत रहेकी चौधरीले कसैले एक हजार लगानी गर्छ भने त्यसलाई लघुवित्तले मालिक बनाईदिने जिकीर गरिन् । ‘मोहम्मद युनुसले लघुवित्त क्षेत्रलाई सामाजिक व्यवसाय भनेकोले संस्थाहरु सोहि अनुसार चल्नुपर्छ । हाम्रो अवधारणा गरिबलाई मालिक बनाइदिने हो । कसैले १ हजार लगानी गर्न सक्छ भने उसलाई मालिक बनाई दिने हो ।’ यद्यपि, संस्था सञ्चालनका लागि केही मुनाफाहरु लिनै पर्ने बताउँदै राष्ट्र बैंकले लघुवित्तहरुलाई कर्मशियल बैंकहरुकै क्याटोगोरीमा राखिदिएको बताइन् ।

केही समय अगाडी राष्ट्र बैंक समक्ष लघुवित्त क्षेत्रलाई हेर्न छुटटै कार्यविधी बनाउने छलफल भएपनि कार्यान्वयन नभएको भन्दै चौधरीले राज्यलाई बुझाउने मुनाफाबाट १० प्रतिशत घटाएर लघुवित्त कोषमार्फत गरिब विपन्न क्षेत्रमा लगाउने हो भने मुलुकको गरिबी न्यूनीकरणमा ठूलो टेवा पुग्ने दावी पनि गरिन् ।


 
चौधरीले केही लघुवित्त संस्थाहरुले उद्देश्य अनुरुप काम नगरेपनि सबैलाई एउटै नजरले हेर्न नमिल्ने बताउँदै राम्रो काम गर्ने संस्थाहरुलाई प्रोत्साहन गर्नुपर्ने पनि बताइन् । लघुवित्त क्षेत्रमा डुब्लिकेसन भएको स्वीकार्दै त्यसलाई कम गर्न नियामक निकायहरुले ध्यान दिनुपर्नेमा उनले जोड दिइन् ।

दोश्रो वार्षिक साधारण सभामा लघुवित्तको विषयमा विद्यावारिधी गर्नेहरुलाई सम्मान समेत गरिएको थियो । साधारण सभाको केही दिन अगाडी संस्थाले २ दिने सञ्चालक शिक्षा तालिम कार्यक्रम सम्पन्न गरेको थिये । गत फागुन १५ र १६ गते लघुवित्तका अध्यक्ष तथा सञ्चालकहरुका लागि सञ्चालक शिक्षा अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।












0 प्रतिकृया