नेपाल इन्जिनियरिङ कलेज र भारतको डेलनेटबीच समझदारीपत्रमा हस्ताक्षर
एक्सन खबर
काठमाडौं । सामाजिक शैक्षिक संस्थाका रूपमा स्थापित नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट र भारतको डेलनेट जेनु क्याम्पसबीच सहकार्य गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । डेलनेट इन्डियाको लार्जेस्ट रिसोर्स सेयरिङ लाइब्रेरी नेटवर्क हो ।
भारतको सबैभन्दा ठूलो संशाधन साझेदारी पुस्तकालय नेटवर्क डेलनेटको ३३ राज्य र आठ देशमा ६ हजार आठ सयभन्दा बढी पुस्तकालय लिंक गर्दै आएको छ । समझदारीपछि नेपाल इन्जिनियरिङ कलेजले कला, विज्ञान, वाणिज्य, शिक्षा, सामाजिक विज्ञान, व्यवस्थापन, इन्जिनियरिङ प्रविधि, दन्त र चिकित्सा विज्ञानसहित विभिन्न क्षेत्रमा चयन गरिएका अन्तर्राष्ट्रिय पूर्ण पाठ पत्रिकामा पहुँच हुने जनाइएको छ ।
साथै ई-पुस्तकहरू (अन्तर-पुस्तकालय ऋणमा) उधारो र जर्नल लेखहरूको प्रतिलिपिहरू प्राप्त गर्ने सुविधाका साथ पुस्तकहरू, जर्नलहरू, लेखहरू, इत्यादिको तीन करोडभन्दा बढी क्याटलग रेकर्डहरूमा पहुँच हुने जनाइएको छ ।
समझदारीपछि ई-पुस्तकहरू, ई-लेखहरू र ई-जर्नलहरूसहित एक दशमलब ६ करोडभन्दा बढी पूर्ण पाठ कागजात प्राप्त गर्न सकिने सम्झौतापत्रमा उल्लेख छ । यसबाट कलेजका विद्यार्थी, शिक्षक र कर्मचारीले डेलनेटलाई पूर्ण क्षमतामा प्रयोग गर्ने विश्वास नेपाल इन्जिनियरिङ कलेजले लिएको छ ।
नेकले विद्यार्थीकाे शैक्षिक गुणस्तर कायम गर्न र अन्तराष्ट्रिय स्तरकाे शिक्षा प्रदान गर्न विश्वका विभिन्न विश्वविद्यालय, कलेज तथा शैक्षिक संस्थाहरूसँग सहकार्य र समझदारी कायम गर्ने गरेकाे छ ।
0 प्रतिकृया