सिंजा शनिगाउँमा प्रहरी चौकी स्थापना
एक्सन खबर
दिलमाया शाही
जुम्ला । सिंजा गाउँपालिकाका- ५ र ६ लाई लक्षित गरी प्रहरी चौकी स्थापना गरिएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार सिंजाको शनिगाउँमा प्रहरी चौकी स्थापना गरिएको हो ।
शनिगाउँमा नगिमान कठायतकाे नेतृत्वमा पाँच प्रहरी कार्यरत छन् ।जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले प्रहरी चाैकी स्थापनासँगै अपराधिक क्रियाकलाप नियन्त्रणमा सघाउ पुग्ने बताए । जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले समाजमा हिंसा न्यूनीकरण एवं शान्ति सुरक्षा कायम गर्न नागरिक-प्रहरीबीचको सहकार्य आवश्यक रहेकाे बताइन् ।
सिंजा गाउँपालिका-५ का वडाध्यक्ष मुनबहादुर रावतले स्थायी प्रहरी चौकी स्थापना भएकोमा खुसी व्यक्त गर्दै स्थानीय सरकारले प्रहरी चौकीकाे भौतिक पूर्वाधारजस्ता काममा सहयोग गर्ने प्रतिबद्धता जनाए ।
0 प्रतिकृया