Follow us:


Follow us

२२ असार २०८३, सोमवार
२२ असार २०८३, सोमवार


दधिकोटमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
चैत, ५, २०७८


दधिकोटमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–१ स्थित दधिकोट विरुवामा शुक्रबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्थासँग सहकार्य गरेर काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले एकदिने शिविर सञ्चालन गरेको हो ।

दधिकोट इङ्गिलस सेकेण्डरी स्कूलमा सञ्चालित शिविरमा ९६५ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा १७२ जनाको रक्त परीक्षण, १६८ जनाको भिडियो एक्सरे र १२३ जनाको ईसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । त्यस्तै ३२ जनाको दाँत उखेलिएको छ ।

शिविरमा उपचार सम्भव नभएका ४१ जना बिरामीलाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ । डा.सुनिल शर्माको प्रवेशसँगै केएमसीले गतबर्षदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिइरहेको छ ।
















0 प्रतिकृया