Follow us:


Follow us

२२ असार २०८३, सोमवार
२२ असार २०८३, सोमवार


मेसी विनाकाे पीएसजीको पोस्टमा मोनाकोको तीन गोल

एक्सन खबर
चैत, ७, २०७८


मेसी विनाकाे पीएसजीको पोस्टमा मोनाकोको तीन गोल

काठमाडौं । फ्रेन्च लिग लिडर पेरिस सेन्ट जर्मेन (पीएसजी) आइतबार साँझ भएको खेलमा एएस मोनाकोसँग ३-० अन्तरले पराजित भएको छ । मुख्य खेलाडी लियोनल मेस्सीबिना मैदान उत्रिएको पीएसजीलाई हराउन मोनाकोको लागि विसाम बेन येडरले दुई तथा केभिन भोलन्डले एक गोल गरे ।

खेलको २५औं मिनेटमा येडरले गोल गर्दै अग्रता दिलाए । ६८औं मिनेटमा भोलन्डले २-० को अग्रता बनाए । खेल सकिन ६ मिनेट अघि  येडरले पेनाल्टीमा मार्फत गोल गर्दै सहज जित दिलाए ।

पराजित भए पनि पीएसजीको शीर्षस्थानमा १५ अंकको अग्रता छ । पीएसजीको २९ खेलबाट ६५ अंक छ । दोस्रो स्थानको मार्सेको २८ खेलबाट ५० अंक छ । पीएसजीलाई हराएको मोनाकोको २९ खेलबाट ४४ अंक जोड्दै सातौं स्थानमा छ ।













0 प्रतिकृया