Follow us:


Follow us

१६ वैशाख २०८३, बुधवार
१६ वैशाख २०८३, बुधवार


सम्मानजनक स्थान नपाएपछि इनरुवामा कांग्रेस त्याग्दै मुस्लिमहरू

एक्सन खबर
चैत, ७, २०७८


सम्मानजनक स्थान नपाएपछि इनरुवामा कांग्रेस त्याग्दै मुस्लिमहरू

इनरुवा । नेपाली कांग्रेसकाे पकेट भाेट हाे मुस्लिम समुदाय । स्वर्गीय गिरिजाप्रसाद काेइरालाले मुस्लिम समुदाय प्रति देखाएकाे सदासयताकै कारण सुनसरीका अधिकांश मुस्लिमहरू कांग्रेसकाे राजनीतिमा रहेपनि पछिल्लाे समय पार्टीले भने उनीहरूलाई अपहेलना गरेकाे गुनासाे छ ।

 सुनसरीकाे सदरमुकाम इनरुवाका मुस्लिम समुदाय पछिल्लाे समय अन्य दल तर्फ लागेका छन् । दशक अघिदेखि कांग्रेसमा लागेका इनरुवाका कांग्रेसी मुस्लिमहरु बैशाख ३० गते घाेषित स्थानिय निकायको निर्वाचनको समयमा पार्टी परित्याग गरि अन्यत्र जाँदा कांग्रेसलाई ठूलै धक्का लाग्ने निश्चित छ ।

दश हजार भन्दाबढी मुस्लिम मतदाता रहेको इनरुवा नगरपालिकामा कांग्रेसले मुस्लिम समुदायलाई सम्मानजनक ब्यवहार नगरेकाे आरोप इनरुवाका मुस्लिम हरुको छ । ‘विगतमा हामीलाई पार्टीका नेताहरूले जुनरूपमा हेर्नुहुन्थ्याे त्याे अब रहेन । वर्षाैंदेखि कांग्रेसकाे छत्रछाँयामा रहेका हामीहरू यसपटक अटाएनाैं ।’ कांग्रेसका पुराना एक मुस्लिम जिल्ला नेताले भने ।

इनरुवा नगरपालिकामा कांग्रेसले मुस्लिमको निर्णायक मतबाटै विजय हासिल गर्ने भएपनि यसपटक  नगरका मुस्लिम बाहुल्य वडाहरुको विकास निर्माणमा पुर्ण पक्षपात गरेको, पार्टीभित्र जातिय र गुटगत राजनीति हावी गर्दै दर्जनौं मुस्लिमहरुको कृयाशिल सदस्यता खारेज गरेकाे जस्ता आरोप सुनसरी कांग्रेस र इनरुवा कांग्रेसलाई छ ।

गत साता इनरुवा २ का आधा दर्जनबढि युवाहरुले कांग्रेस त्याग गरी अन्य दलमा पलायन भएका छनभने इनरुवा १० का केहि युवाहरु समेत कांग्रेस त्यागगरी केहिदिन अघि माओवादीमा पलायन भएका छन् ।

आफुहरुको मुल्यांकन पार्टीमा नभएकाेले अन्यत्र जानुपरेकाे इनरुवा २ का पुराना कांग्रेस युवा अख्तर खानले बताए । उनीसँगै पार्टी त्याग्ने अर्का युवा जहिर अलिले कांग्रेस भित्र मुस्लिमलाई प्रयोगमात्र गर्ने परम्पराले जरा गाडेपछि आफुले कांग्रेस त्यागेको प्रतिकृया दिए ।

यता सुनसरी कांग्रेस भित्रको नेतृत्वमा रहेका मुस्लिम अगुवाहरुले भने घटनालाइ दुखद् भन्दै यसले कांग्रेसबारे जनमानसमा नकारात्मक बिचारको प्रबाह हुने भएकोले तत्काल पार्टी नछाड्न र संयमित भइ कांग्रेस भित्रै रहन अनुरोध गरेको छ । तर, मुस्लिम युवाहरू कांग्रेसले केहि नगर्ने भन्दै पार्टी परित्यागमा जाेड दिइरहेका छन् । पछिल्लो समय इनरुवाका बिभिन्न वडाका सयबढि मुस्लिम युवाहरुले कांग्रेस त्याग गरी सकेका छन् ।













0 प्रतिकृया