Follow us:


Follow us

२२ असार २०८३, सोमवार
२२ असार २०८३, सोमवार


‘एमसीसी नेपालको राष्ट्रिय हितमा छ’ प्रधानमन्त्री

एक्सन खबर
चैत, ७, २०७८


‘एमसीसी नेपालको राष्ट्रिय हितमा छ’ प्रधानमन्त्री

खोटाङ । प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले एमसीसीका कारण देशको गरिबी निवारणदेखि आर्थिक बिकासमा टेवा पुग्ने बताएका छन् ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा जोड्ने साप्सु खोलामा निर्माण गरिएको प्रिस्ट्रेस बिम मोटरेबल पुल उद्घाटनका क्रममा प्रधानमन्त्री देउवाले एमसीसी नेपालको राष्ट्रिय हितमा भएको बताएका हुन् । प्रधानमन्त्री देउवाले एमसीसीलाई अनुदानका रुपमा बुझ्न पनि आग्रह गरेका छन् ।

‘एमसीसी नेपालको राष्ट्रिय हितमा छ । अनुदान हो यो,’ देउवाले भने, ‘अवश्य नै देशमा गरिबी निवारणदेखि लिएर आर्थिक विकासमा ठूलो भूमीका राख्ने बिश्वास लिएको छु ।’ पुल उद्घाटनमा भएको देउवाको उपस्थितिलाई प्रतिपक्षी दलले भने चुनावी प्रचार–प्रसारका रुपमा लिएका छन् ।



निर्माण कम्पनी सुर्य एण्ड सन्स प्रालिले संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त समपुरक अनुदान तथा दिप्रुङ चुईचुम्मा गाउँपालिकाको संयुक्त वजेट ५ करोड ६० लाख १० हजार ५४५ रुपैयाँमा पुलको काम सम्पन्न गरेको हो ।

निर्माण कम्पनीले १७ जेठ २०७८ मा पुल निर्माणको काम सम्पन्न गर्नेगरी १७ जेठ २०७६ मा सम्झौता गरेको थियो । स्थानीय सडक पुल कार्यक्रम (एलआरबिपी) को प्राविधिक सहयोगमा निर्माण गरिएको पुल दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले ११ असार २०७६ मा शिलान्यास गरेका थिए । प्रिस्ट्रेस बिम पुल बीममा तार घुसाए तार तन्काएर तारमा लोड दिएर निर्माण गरिने प्रकृतिको पुल हो ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबाट खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिका पुग्ने सबैभन्दा छोटो रुटमा पर्ने साप्सु खोलामा स्थायी आवतजावतका लागि ४० मिटर लम्बाई भएको पुल निर्माण गरिएको हो । विशेषगरी दिप्रुङ गाउँपालिका र खानीडाँडा बिमानस्थललाई जोड्ने गरी साप्सु खोलामा पुल निर्माणको काम अघि बढाइएको थियो ।

दिक्तेल–याम्खा–पञ्चमी सडकको बीचमा पर्ने खोलामा पक्की पुल निर्माणका लागि गाउँपालिकाले २९ कात्तिक २०७४ मा सडक बिभाग पाटनढोका ललितपुरमा निबेदन दिएको थियो ।













0 प्रतिकृया