भुसालको 'विवाह रेखा' सार्वजनिक
एक्सन खबर
अर्घाखाँची । साहित्यकार जगन्नाथ भुसालको सामाजिक उपन्यास 'विवाह रेखा' सार्वजनिक भएको छ । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा आयोजित एक कार्यक्रमबीच प्राध्यापक डा. प्रेम कुमार खत्रीले उपन्यास विमोचन गरेका हुन् ।
विभिन्न पत्रपत्रिका तथा पुस्तकमा लेख प्रकाशित भइरहने साहित्यकार भुसालको 'परिवेश' कवितासंग्रह यसअघि नै प्रकाशित भइसकेको छ ।
विमाेचन समाराेहमा वक्ताहरूले साहित्यकार खत्रीकाे साहित्यिक सृजनाका बारेमा चर्चा गरेका थिए । उनीहरूले विवाह रेखाले नेपालकाे साहित्य क्षेत्रमा राम्राे छाप राख्न सक्ने बताए ।
0 प्रतिकृया