Follow us:


Follow us

१७ वैशाख २०८३, बिहिवार
१७ वैशाख २०८३, बिहिवार


अब हुम्लाका जनताले जिल्ला अस्पतालमै विशेषज्ञ सेवा पाउने

एक्सन खबर
चैत, ८, २०७८


अब हुम्लाका जनताले जिल्ला अस्पतालमै विशेषज्ञ सेवा पाउने

काठमाडाैं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच हुम्ला जिल्ला अस्पतालमा विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालन गर्नका लागि सम्झौता भएको छ । मन्त्रालय र कर्णाली प्रतिष्ठानबीच शुक्रबार एक महिना अघिदेखि हुम्ला जिल्ला अस्पतालमा सुरु भएको विशेषज्ञ सेवालाई निरन्तरता दिने उद्देश्यले  सम्झौता भएको हो ।

प्रतिष्ठानका तर्फबाट उपकुलपति डा. मंगल रावल तथा मन्त्रालयका तर्फबाट प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीले सम्झौतामा हस्ताक्षर गरेका छन्।

हुम्लामा कर्णाली प्रतिष्ठानबाट एमडिजिपी डा. क्रिशान्त भण्डारी पठाएर जिल्ला अस्पतालमा एक महिना अघिदेखि विशेषज्ञ सेवा सुरु भइरहेको उपकुलपति डा. रावलले बताए । ‘थप दुईजना विशेषज्ञ डाक्टर पठाउने र विशेषज्ञ सेवालाई निरन्तरता दिने उद्देश्यले मन्त्रालयसँग सम्झौता भएको छ। आउँदाे वैशाखभन्दा अगाडि नै जुम्लाबाट विशेषज्ञ डाक्टर हुम्ला पठाइनेछ।’ डा. रावलले भने ।

हुम्लामा सर्जिकल सेवा, ओटी सेवा र गाइनोलाेजिस्टलगायतका विशेषज्ञ सेवा सञ्चालनका लागि थप दुई चिकित्सकसहित तीन एमडी जिपी डाक्टर पठाइने छ । स्वास्थ्य सेवाका दृष्टिकाेणले प्रदेशकै दुर्गम जिल्लाका रूपमा परिभाषित हुम्लामा जटिल प्रकारका शल्यक्रिया गर्न, बिरामी रेफर केस न्यूनिकरण गर्न तथा जनतालाई सस्तोमा विशेषज्ञ स्वास्थ्य सेवा दिने उद्देश्यले प्रतिष्ठानले विशेषज्ञ सेवालाई निरन्तरता दिने छ ।

प्रतिष्ठानले हुम्ला जिल्ला अस्पतालमै विशेषज्ञ सहितकाे स्वास्थ्य सेवा सञ्चालन गर्ने भएपछि दुर्गम हुम्लाबासीले कम शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा पाउने छन् । यसले हुम्लाका जनताकाे स्वास्थ्यमा सुधार ल्याउने तथा जिल्ला बाहिर गएर महंगाेमा उपचार गर्नुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएकाे छ ।

कर्णाली प्रदेशका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवासँगै चिकित्सा चिकित्सा सेवामा दक्ष जनशक्ति उत्पादन गर्ने हेतूले कर्णाली प्रतिष्ठानकाे स्थापना भएकाे हाे । अहिले प्रतिष्ठानमा चिकित्सा शिक्षाको एमबिबिएस र स्नातकोत्तर तह (एमडी)को अध्यापन भइरहेको छ। भने, यसै वर्षदेखि स्नातक तहमा फार्मेसी (बी फार्मेसी) र नर्सिङ अध्यापनसमेत सुरु गरेको छ ।

प्रतिष्ठानमा बिएनएस मिडवाइफी र बिपिएचको अध्यापन यसअघिनै सुरु भइसकेको छ। स्वास्थ्य सेवातर्फ कर्णाली प्रतिष्ठान प्रदेशकै सुविधासम्पन्न स्वास्थ्य संस्था हाे ।













0 प्रतिकृया