Follow us:


Follow us

२२ असार २०८३, सोमवार
२२ असार २०८३, सोमवार


विरगञ्जका जनप्रतिनिधिहरु बालकोटमा आएर एमालेमा प्रवेश गरे

एक्सन खबर
चैत, ८, २०७८


विरगञ्जका जनप्रतिनिधिहरु बालकोटमा आएर एमालेमा प्रवेश गरे

काठमाडौं । नेकपा एमालेले आउँदा निर्वाचनहरुमा मधेश प्रदेशलाई केन्द्रमा राखेर रणनीति बनाइरहेको छ । मधेशमा विगतका निर्वाचनहरुमा एमाले कमजोर भएको अवस्थामा घोषित स्थानीय तहको निर्वाचन र आगामी प्रतिनिधिसभा निर्वाचनमा ऐतिहासिक जित हासिल गर्ने अभिप्रायले संगठन निर्माण र जनमत जुटाउन सक्रिय भएर लागेको छ ।

मधेश प्रदेशको मात्र नभएर मुलुककै प्रमुख औद्यागिक क्षेत्र र व्यापारिक शहर विरगञ्जमा एमालेले आफ्नो प्रभाव बलियो बनाउन पार्टीले अभियानहरु चलाईरहेको छ । केही दिन अगाडी पार्टी अध्यक्ष केपी शर्मा ओलीनै विरगञ्ज गएर विरगञ्ज उपमहानगरपालिकाका मेयर विजय सरावगी सहित जिल्लाका केही स्थानीय जनप्रतिनिधीहरुलाई समेत पार्टी प्रवेश गराएका थिए । त्यसले विरगञ्जमा नेकपा एमालेमा प्रवेश गर्नेहरुको लर्को नै लागेको छ ।

नेकपा एमालेका नेता नेशनल मेडिकल कलेजका म्यानेजिङ डाइरेक्टर बसरुद्धिन अन्सारीको सक्रियतामा नगरमा एमालेमा प्रवेश गर्नेहरुको जमात बढिरहेको छ । विरगञ्जका युवायुवती, स्थानीय जनप्रतिनिधी तथा आम जनसमुदायलाई एमालेभित्र समाहित गराउन अन्सारीको सक्रियता बढेसँगै पर्सा जिल्ला नै एमालेमय भएको छ ।



यसअघि मधेश केन्द्रीत राजनीति गरिरहेकाहरु समेत एमालेमा प्रवेश गरेपछि बैशाख ३० गतेको स्थानीय निर्वाचनमा एमालेले मधेशका धेरै स्थानीय तहमा ऐतिहासिक जित हासिल गर्ने अनुमान भइरहेको छ ।

यसै सिलसिलामा केही दिनअघि विरगञ्जका दुई वडाका वडाध्यक्षसहित दजनौं जनप्रतिनिधि एवं नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । वीरगञ्ज वडा नम्बर २८ का वडाध्यक्ष जयनारायणसिंह कुर्मी र वडा नम्बर २५ का वडाध्यक्ष विश्वराजप्रसाद कुर्मीसहितका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् । उनीहरुलाई बसरुद्धिन अन्सारीले पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमै पुर्याएर एमाले प्रवेश गराएका छन् ।

जसपा प्रदेश सदस्य अजय साह, पर्साका जिल्ला समन्वय समितिका सदस्य अमोद यादवसँगै विभिन्न वडाका वडा सदस्यहरु पार्टी अध्यक्ष केपी शर्मा ओलीकै हातबाट अबिर टिका र खदा लगाएर एमाले प्रवेश गरेका थिए ।

सो अवसरमा नेकपाका केन्द्रीय सदस्य एवं पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा, केन्द्रीय सदस्यहरु निर्मला देवकोटा, राजकुमार गुप्ता, संबिधान सभा सदस्य बिचारी यादव, नेताहरु शम्भु गुप्ता, मनोज गुप्ता, जालिम मियाँ, युवा नेता रामकिसोर सिंह पराग, चन्दन मिश्रा लगायत समेत सहभागी भएका थिए ।

एमाले नेता बसरुद्धिन अन्सारीले समाजवाद नेकपा एमालेबाट मात्र आउने बताउँदै विगतमा मधेशको महिसा बनेर राजनीति गर्नेहरुले जनतालाई गुमराहमा राखेको बताए । आउँदो निर्वाचनमा नेकपा एमाले एक्लैले बहुमत ल्याउने र मधेशमा एमालेले ऐतिहासिक जित हासिल गर्ने उनको दावी छ ।













0 प्रतिकृया