Follow us:


Follow us

२२ असार २०८३, सोमवार
२२ असार २०८३, सोमवार


झापाको इटाभट्टामा नोबेलको स्वास्थ्य शिविरमा ११ सय बिरामीको निःशुल्क उपचार

एक्सन खबर
चैत, ८, २०७८


झापाको इटाभट्टामा नोबेलको स्वास्थ्य शिविरमा ११ सय बिरामीको निःशुल्क उपचार

झापा । झापाको मेचीनगर नगरपालिका–७ इटाभट्टामा मंगलबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले मेचीनगर नगरपालिका वडा नंम्बर ७ सँग सहकार्य गरेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

शिविरमा १ हजार एक सय ३३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । जसमा १३२ जनाको भिडियो एक्सरे, ११४ जनाको रक्त परीक्षण र ९७ जनाको ईसीजी गरिएको नोबेलका प्रबन्धक नारायण दाहालले जानकारी दिए । त्यस्तै दाँतको समस्या भएर शिविरमा आएका ३२ जनाको दाँत खोलिएको छ ।

नोबेलले ग्रामीण क्षेत्रका विपन्न बिरामीलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । जसबाट लाखौं बिरामी लाभान्वित भएका छन् ।













0 प्रतिकृया