Follow us:


Follow us

९ असार २०८३, मङ्गलवार
९ असार २०८३, मङ्गलवार


सुनसरी क्षेत्र नं. १ मा संगठन सशक्तिकरण र सुदृढिकरण गर्दै कांग्रेस

एक्सन खबर
चैत, ११, २०७८


सुनसरी क्षेत्र नं. १ मा संगठन सशक्तिकरण र सुदृढिकरण गर्दै कांग्रेस

धरान । नेपाली कांग्रेस क्षेत्र नं. १ सुनसरीले पार्टीे संगठन सशक्तिकरण र सुदृढिकरण अभियानलाई वडावडामा सञ्चालन गर्दै आएको छ ।

कांग्रेसको तल्लो तहसम्मको संगठनको क्षमता अभिवृद्धि गरी स्थानीय पार्टी नेतृत्वहरुलाई सांगठानिक, राजनीतिक र सामाजिक गतिविधि गर्न तथा जनमुखी कार्यक्रम गर्न उत्प्रेरित गर्दै समग्र पार्टी संगठनलाई सशक्तिकरण र सुदृढ गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताए । उनले यो अभियान सुनसरी क्षेत्र नं. १ अन्तर्गत पर्ने सबै वडामा सञ्चालन हुने बताए ।

हालसम्म रामधुनी नगरपालिकाको ७ नं. वडा, बराह नगरपालिकाको ३,४ र ५ नम्बर वडा तथा धरान उपमहानगरपालिकाको २०, १९, १८, १७, १६, १५ र १४ नम्बर वडाहरुमा सम्पन्न भईसकेको छ । पछिल्लो समय धरान उपमहानगरपालिकाको वडा नं. १०, ९ र ८ मा अभियान सम्पन्न भएको छ ।

यो अभियानले पार्टीको केन्द्रीय समितिद्धारा घोषित ‘घरघर जाऔं नेपाली कांग्रेसलाई जिताऔं’ कार्यक्रमलाई समेत सफल बनाउन मद्दत पुगेको र टोलटोलमा संगठन निर्माण र विस्तार गर्न थप टेवा पुगेको तामाङले बताए ।

धरान १० मा भएको कार्यक्रममा प्रदेश सदस्य गणेश परियारले पार्टीको आन्तरिक चुनाव सकिएकाले अब गुटउपगुट भुलेर पार्टीले एक ढिक्का भएर हिंड्ने वातावरण बनाउनुपर्ने बताए । पूर्व वडा सभापति सुरेश निरौलाले वडाका समस्याहरुलाई क्षेत्र, नगरले विशेष प्राथमिकताका साथ समाधान गर्नुपर्ने बताए ।

नेपाल महिला संघ प्रदेश १(१) का सभापति निर्मला नेपालले वडामा चुनाव जिताउन योग्य र जनताले रुचाउनेलाई उम्मेदवार बनाउनुपर्ने बताइन् । वडा सभापति पावेल राईले वडामा रहेका सबै नेता तथा कार्यकर्ताहरु सकृय हुनुपर्ने बताए । उपसभापति सुरज शाक्यले वैठक र कार्यक्रममा सबैजना उपस्थित हुनुपर्ने बताए । समाजसेवी रत्नमणि राईले सकृय साथीहरुलाई उचित स्थान र जिम्मेवारी दिनुपर्ने बताए ।

यता धरान ९ मा भएको कार्यक्रममा महासमिति सदस्य श्यामा रेग्मीले टोल समितिले बस्ती बस्तीमा कार्यक्रम गर्नुपर्ने बताइन । महाधिवेशन प्रतिनिधि ललिता अधिकारीले प्रशिक्षणमा जोड दिंदै पार्टीलाई सबैले अगाडि बढाउनुपर्ने जिकीर गरिन् । प्रदेश सम्मेलन सदस्य कुसुम ओलीले टोल कमिटिहरुलाई चलायमान बनाउनुपर्ने र महिला सहभागितालाई जोड दिनुपर्ने बताइन् । कार्यक्रममा सल्लाहकार गोकुल श्रेष्ठ, नेपाल दलित संघ सुनसरी सचिव विजय अछामी, वडा सभापति रुपेश आचार्यले धरानको खाानेपानी समस्या, समाधानका सन्दर्भमा बोले ।

यता, धरान ८ मा भएको कार्यक्रममा नेपाल जनजाति संघका १ नं. प्रदेश संयोजक नन्दराज राईले प्रशिक्षण गर्नुपर्ने, एमसीसीको बारेमा जनतालाई बुझाउनुपर्ने र भातृसंघ संस्थालाई चलायमान बनाउनुपर्ने बताए । क्षेत्रीय सचिव केशव पुरीले पार्टीमा राम्रा मान्छेहरु धेरै भएपनि चुप लागेर बस्ने गरेकाले नराम्रा मान्छेहरुको दवदवा हुने र पार्टी संगठन कम्जोर हुने भएकाले अब राम्रा मान्छेहरु बोल्नुपर्ने बताए ।

क्षेत्रीय सदस्य उमेश पौडेलले चुनावमा टिकट जस्ले पाएपनि सबैले हातेमालो गरेर जिताउन लाग्नुपर्ने बताए । नगर सहसचिव शिला बज्रचार्यले महिलाहरुले नै चुनावमा माहौल सिर्जना गर्ने चुनाव जिताउने हुनाले महिला नेतृहरु जागरुक हुनुपर्ने बताइन् । वडा सभापति उत्तम राईले खानेपानीको समस्या, एमसीसी लगायतको विषयमा पार्टीले सहयोग गर्नुपर्ने बताउंदै टोल समितिहरुलाई परिचालन गर्न मद्दत गर्नुपर्ने बताए ।

















0 प्रतिकृया