लोकल फ्रेण्डस् अफ वीपीकेआइएचएसको पुनर्गठन
एक्सन खबर
सुनसरी । वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकास र विस्तारमा स्थानीय सहयोग प्राप्त गर्न र स्थानीय व्यक्तिहरुसँग निकटतम समन्वय गरी प्रतिष्ठानको समस्याहरु हल गर्न लोकल फ्रेण्डस् अफ वीपीकेआइएचएसको पुनर्गठन गरिएको छ ।
प्रतिष्ठानलाई आवश्यक सहयोग जुटाउन, धरानका जनतासँग प्रतिष्ठानको प्रत्यक्ष सम्बन्ध स्थापित गर्न तथा प्रतिष्ठानको सर्वाéिण विकासमा आवश्यक सल्लाह र सुझाव लिन प्रतिष्ठानबाट ४२ सदस्यीय लोकल फ्रेण्डस् अफ वीपीकेआइएचएसको पुनर्ग गरिएको हो ।
हाल मनोनित भएका सदस्यहरुको कार्यकाल दुई वर्षको हुनेछ । प्रा.डा. सुन्दरमणी दिक्षीतको कार्यकालदेखि शुरु भएका लोकल फ्रेण्डस् अफ वीपीकेआइएचएस सन् २०१७ देखि यता भने बनेको थिएन । हाल आएर चैत्र १६ गते उपकूलपति डा. ज्ञानेन्द्र गिरीको विषेश पहलमा पुनर्गठन भएको हो ।
गत शुक्रबारका लोकल फ्रेण्डस् अफ वीपीकेआइएचएसको पहिलो बैठक समेत बसेको थियो । पहिलो बैठकमा उपस्थित सदस्यहरुले खुसी प्रकट गर्दै लोकल फ्रेण्डस् अफ वीपीकेआइएचएस गठन गरेकोमा उपकूलपतिलाई धन्यवाद दिएका थिए । बैठकमा लोकल फ्रेण्डस् अफ वीपीकेआइएचएसका सदस्यहरुले प्रतिष्ठानको समुन्नतीको विषयमा आ–आफ्ना विचारहरु राखेका थिए ।
स्वास्थ्य बीमा सम्बन्धि प्रतिष्ठानले भोग्दै आएको समस्या र सो को सुधारका बारेमा पनि गहन छलफल गरिएको थियो । लोकल फ्रेण्डस् अफ वीपीकेआइएचएसमा हाल रहेका सदस्य संख्यामा भविष्यमा बढोत्तरी गरिने बारेपनि बैठक छलफल गरिएको थियो ।
प्रतिष्ठानको सर्वाङ्गिण विकासमा आवश्यक सल्लाह र सुझाव लिन बैठक आगामी दिनहरुमा नियमितरुपमा सञ्चालन हुनेछ उपकुलपति डा. गिरीले बताएका छन् । लोकल फ्रेण्डस् अफ वीपीकेआइएचएसमा १ नं. प्रदेशका सभामुख प्रदीप भण्डारी, नेपाली कांग्रेसका संघीय सांसद मीन विश्वकर्मा, जयकुमार राई, प्रदेश १ सांसदहरू भीम आचार्य, उमिता बराइली, सावित्री श्रेष्ठ, पूर्वनगर नगरप्रमुख मनाेजकुमार मेन्याङ्वाे, नेपाली सेना, नेपाल प्रहरी, शसष्त्र प्रहरी लगायत राजनीतिज्ञ, समाजसेवीहरू रहेका छन् ।
0 प्रतिकृया