धरानमा सेयर बजार सम्बन्धी शिक्षा सम्पन्न
एक्सन खबर
धरान । अनलाइन सेक्युरेटीज प्रा.लि.(ब्रोकर नम्बर–४९) ले धरानमा सेयर लगानीकर्ताहरु माझ सेयरमा सुरक्षित लगानीको उपाय तथा लगानीकर्ता शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।
धरानमा रहेका सेवाग्राहीहरूसँग सुरक्षित लगानीका उपाय विषयमा नुवाकोट, बर्दिबास पछि सोही प्रकारको अन्तरक्रिया तथा छलफल कार्यक्रमको आयोजना गरेकाे कम्पनीका धरान शाखा प्रबन्धक सुजन निरौलाले बताए ।
व्यापारी, व्यवसायी तथा पुँजी बजार सँग सरोकार राख्ने करिब २ सय जनाको उपस्थिति रहेकाे कार्यक्रममा सेयर मार्केटबारे निकै लामो समयको अनुभव लिइसकेका जेष्ठ नागरीक लगानीकर्ताहरुको समेत उपस्थिती रहेको थियो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिशाल कुमार अग्रबालले वर्तमान पुँजीबजारमा लगानीकर्ताहरूले केके सूचकहरू हेरेर लगानी गर्ने र आफना लगानीहरुलाई कसरी सुरक्षित गर्न सकिन्छ भन्ने बारेको कार्यपत्र प्रस्तुत गरेका थिए । उनले उक्त कार्यपत्रमा पुँजी बजारको हालको अवस्था र लगानीको क्षेत्रको बिस्तृत ज्ञान बाँडेका थिए ।
कम्पनीका अध्यक्ष अध्यक्ष दिनेश शर्मा बिडारीले कम्पनीको स्थापना र कार्यक्रमको औचित्यमाथि प्रकास पार्दै अनलाईन सेक्युरेटीज प्रा.लि.को हाल धरानमा मात्र शाखा रहेकोमा अबभने देशभरी नै थप शाखाहरु खोल्दै जाने बताए । हाल कम्पनीमा काठमाडौँमा मात्रै १ लाख १७ हजार र धरानमा २५ हजार भन्दा बढी ग्राहक रहेको बिडारीले बताए ।
कम्पनीको शाखा नुवाकोट बर्दिबास अनि मोरङको उर्लाबारीमा समेत खुल्ने क्रममा रहेकाे छ ।
0 प्रतिकृया