Follow us:


Follow us

११ असार २०८३, बिहिवार
११ असार २०८३, बिहिवार


साप्ताहिक सेयर बजारः होटेल समूहलाई फाइदा, माइक्रो फाइनान्सलाई घाटा

एक्सन खबर
चैत, २५, २०७८


साप्ताहिक सेयर बजारः होटेल समूहलाई फाइदा, माइक्रो फाइनान्सलाई घाटा

काठमाडौं । यो साता नेप्से बजार करिब ८१ अंकले ओरालो लागेको छ। साताको ६ कारोबारको दिनमध्ये पाँच दिन नेप्से परिसूचक घटेको थियो । साताको अन्तिम दिन बिहीबार  भने ३५ अंकले बढेर सेयर बजार २४६४ बिन्दुमा आएर बन्द भएको छ । यो साता नेप्से आइतबार २५८५ उच्च बिन्दु र बुधबार २४१६ मा झरेको थियो ।

यो साता इन्डिकेटर आरएसआईमा डाइभर्सन देखिन खोजेको छ । लगातार घटेको बजार बिहीबार ३५ अंकले उकालो लाग्दा आरएसआइ २८ बाट ३५ अंकमा अएको छ भने इन्डिकेटर एमए सिडीले भने बिहीबारसम्म बाइ सिग्नल दिएको छैन ।

साप्ताहिक बजार हेर्दा होटेल इन्डेक्स भने पहिलाको हप्ताको हाइ ३१४० मै बन्द भएको देखिन्छ । होटेल इन्डेक्स यो साता खासै घटेको देखिन्न । अन्य परिसूचक भने यो साता करिब ८३ अंकले घट्दा १९६९ बिन्दुमा आएर बन्द भएको छ ।

डेभलप्मेन्ट बैंक इन्डेक्स १४ अंकले, कमर्सियल बैंक इन्डेक्स २९ अंकले घटेको छ । हाइड्रो इन्डेक्स, माइक्रो फाइन्न्स इन्डेक्स भने ३३, ४९ र १०२ अंकले घटेको छ ।

यसरी लगातार बजार घट्नुको कारण बजारमा तरलताको कमी रहेको अर्थविद्हरूको भनाइ छ । नेपाल राष्ट्र बैंकले आयात गर्ने करिब ३०० वस्तुमा कडाइ गरेकाले बजारमा बिस्तारै तरलताको समस्या समाधान हुने अर्थविद्हरू बताउँछन् ।













0 प्रतिकृया