Follow us:


Follow us

९ असार २०८३, मङ्गलवार
९ असार २०८३, मङ्गलवार


धरानकाे मेयरमा एमालेबाट ११ जना आकांक्षी सिफारिस

एक्सन खबर
चैत, २७, २०७८


धरानकाे मेयरमा एमालेबाट ११ जना आकांक्षी सिफारिस

धरान । सुनसरीकाे धरानमा नेकपा एमालेले मेयर उपमेयरका आकांक्षी मध्येबाट मेयरमा ११ जना र उपमेयरमा ६ जनाकाे नाम सिफारिस गरेकाे छ । एमाले धरान उपमहानगर कमिटीले आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा धरानको मेयर र उपमेयरको उम्मेदवार बन्न आकांक्षी रहेकाहरुको नाम सिफारिस गरेको हाे।

आइतबार बसेको पार्टीकाे पुर्ण बैठकले मेयरका ११ जना उम्मेद्वारका आकांक्षी र ६ जना उपमेयरको उम्मेदवारका आकांक्षीकाे नाम सिफारिस गर्ने निर्णय गरेको एमाले धरानका अध्यक्ष हर्कजंग एभेङले बताए ।

उनका अनुसार सर्वसम्मत उम्मेदवारको नाम सिफारिस गर्ने प्रयास असफल भएपछि उम्मेदवारका आकांक्षीहरु सबैको नाम सिफारिस गर्ने निर्णय गरेको हो । ‘धरानकाे मेयर उपमेयरमा जो जो आकांक्षीहरु हुनुहन्थ्यो, सबैको नाम पार्टीको जिम्मेवारीको आधारमा राखेर जिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय गरिएको छ।’ एभेङले भने ।

धरानको मेयरमा आकांक्षीहरु बर्तमान उपमेयर मञ्जु भन्डारी, पूर्व नगरप्रमुख मनोज कुमार मेन्याङ्बो सहित प्रदेश कमिटी सदस्य विजय राई, प्रकाश राई, मोतिराज सुनुवार, दोर्पध्वज राई, किशोर कुमार कार्कीकाे नाम सिफारिस गरेकाे छ । यसैगरी एमाले जिल्ला सदस्यहरू मीन सुब्बा, नारायण सुबेदी, राजमणी निरौला र पूर्वजिल्ला सदस्य तिर्थ मास्केकाे समेत नाम सिफारिस गरेकाे छ ।

यसैगरि, उपमेयरमा उम्मेदवारका आकांक्षीहरु शुसिला पहाडी, लहरु जिमी, पदम इस्वो लिम्बु, इन्द्रकला राई, सविता चाम्लिङ र लिला राईको नाम पनि सिफारिस गरिएकाे छ । पहाडी र जिमी एमालेकाे प्रदेश कमिटी सदस्य हुन् । पदम इस्वो, इन्द्रकला राई, सविता चाम्लिङ र लिला राई जिल्ला कमिटी सदस्य हुन्। उपमहानगर कमिटीबाट सिफारिस भएका उम्मेदवारका आकांक्षीहरुको नाम जिल्ला र प्रदेश कमिटीले काँटछाट गरेर केन्द्रमा सिफारिस गर्ने बताइएकाे छ ।













0 प्रतिकृया