Follow us:


Follow us

९ असार २०८३, मङ्गलवार
९ असार २०८३, मङ्गलवार


एमाओवादीबाट वडा सदस्यमा निर्वाचित चौधरीसहित एकसय जना एमालेमा प्रवेश

एक्सन खबर
चैत, २८, २०७८


एमाओवादीबाट वडा सदस्यमा निर्वाचित चौधरीसहित एकसय जना एमालेमा प्रवेश

दुहवी । सुनसरी खनार साविक आमझोखीबाट तत्कालिन एनेकपा माओवादीबाट निर्वाचित वडा सदस्य नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादीको दोहोरो चरित्रको राजनीतिबाट वाक्क भएर हाल इटहरी उपमहानगरपालिका वडा नं. १० का निर्वाचित वडासदस्य रामनारायण चौधरी सहित एक सयजना एमालेमा प्रवेश गरेका हुन् ।

आइतबार इटहरी वडा नं. १० मा आयोजित पार्टी प्रवेश कार्यक्रममा चौधरी सहित एकसय जना स्थानीय एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई एमाले केन्द्रीय सदस्य नेतृ भगवती चौधरीले अबिर तथा खदा लागाएर पार्टी प्रवेश गराइन् ।

सो क्रममा बोल्दै नेतृ चौधरीले मुलुकलाई समाजवादको सिद्धान्तमा डोहोर्याउने काम नेकपा एमालेले मात्रै गर्न सक्ने बताइन् । समाजवाद बाटै समृद्धि हासिल गर्ने आधार बन्ने तर्क गर्दै नेतृ चौधरीले ०७४ सालको निर्वाचनमा जनताले झण्डै दुई तिहाईको मत दिएर कम्युनिस्टहरुलाई सरकारमा पठाएपनि विभिन्न देशी विदेशी सड्यन्त्रमा परेर सरकार ढालेर जनमतको अवमुल्यन गरेको अबको निर्वाचनमा जनताले एमालेलाई स्पट दुई तिहाईको मत दिने विस्वास गरिन् ।

जनताका अपेक्षा, चाहना र आवश्यक्ताहरु नेकपा एमालेले प्रष्टसँग बुझेको बताउँदै नेतृ चौधरीले सुनसरी क्षेत्र नं. ३ का विकासका दृष्टिकोणले राज्यको नगरमा पर्न नसकेका क्षेत्रहरुको विकास गर्न एमालेले ठोस योजनाहरु बनाउने बताइन् । बैशाख ३० गते र त्यसपछिको प्रतिनिधिसभा निर्वाचनमा एमालेलाई जनताले अत्याधिक मत दिएर पुनः सरकारमा पठाउने जिकीर गरिन् ।

सुनसरीको क्षेत्र नं. ३ का विभिन्न क्षेत्रमा कांग्रेस, माओवादी, जसपा लगायतका पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेहरुको संख्या बढ्दो छ । सुनसरी ३ अन्तरगतको इटहरीका केही वडा, दुहवी नगरपालिका, बर्जु, गढी गाउँपालिका लगायतमा नेकपा एमालेप्रति जनमत बढ्दो छ ।















0 प्रतिकृया