Follow us:


Follow us

९ असार २०८३, मङ्गलवार
९ असार २०८३, मङ्गलवार


एमालेको जनसभा पश्चात युवा संघद्वारा सरसफाई

एक्सन खबर
बैशाख, १, २०७९


एमालेको जनसभा पश्चात युवा संघद्वारा सरसफाई

सुनसरी । चैत्र ३० गते सुनसरीको इनरुवामा आयोजित नेकपा एमालेको जनसभा कार्यक्रम पश्चात युवा संघ नेपाल सुनसरीले सरसफाई गरेको छ । जनसभामा सुनसरीका विभिन्न क्षेत्रबाट आएका सहभागीहरुले प्रयोग गरेका खानेपानी, चाउचाउ लगायतका फोहरहरु एमालेको भातृ संगठन युवासंघ नेपाल आफैंले व्यवस्थापन गरेको हो ।

युवा संघ सुनसरी सचिव राकेश डाँगीका अनुसार कार्यक्रम पश्चात युवासंघका स्वयं सेवक तथा कार्यकर्ताहरुले स्टेज तथा त्यस आसपास छरिएका मिनरल वाटरका बोतल लगायत प्लाष्टिकजन्य फोहरहरु उठाएको थियो । कतिपय राजनीतिक दलका कार्यक्रमहरु हुँदा कार्यक्रम पश्चात फोहरहरु यत्रतत्र छरिएर दुर्गन्ध समेत फैलने गरेकोमा आफुले गरेको फोहर आफैं सफा गरौं भन्ने सामाजिक सन्देश प्रवाह गर्न सरसफाई गरिएको हो ।

युवासंघ सुनसरी अध्यक्ष सुजन लामा, सचिव राकेश डाँगी, संगठन विभाग प्रमुख रेवतराम गुरुङ लगायत सरसफाई कार्यक्रममा सहभागी थिए ।

उक्त जनसभामा सुनसरीका विभिन्न भेगबाट हज्जारौं नेता कार्यकर्ताहरु सहभागी भएका थिए । भने, भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र राय यादव सहित विभिन्न पार्टी परित्याग गरी करिब तीन हजारको हाराहारीमा नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए ।














0 प्रतिकृया