Follow us:


Follow us

२३ असार २०८३, मङ्गलवार
२३ असार २०८३, मङ्गलवार


पाेखरा एमालेबाट मेयरको टिकट पाएकाले सुन चोरेको भिडियाे सार्वजनिक (भिडियाे सहित)

एक्सन खबर


पाेखरा एमालेबाट मेयरको टिकट पाएकाले सुन चोरेको भिडियाे सार्वजनिक (भिडियाे सहित)

पोखरा । एमालेले पोखरा महानगरको मेयरको टिकट दिएका दीपक पौडेलले सुन चोरेको भिडियाे सार्वजनिक भएपछि तर‌ंग फैलिएकाे छ । उनले एउटा पसलबाट सुनको गहना निकालेर खल्तीमा हालेको सिसीटीभि फुटेज भाइरल भएको छ । त्यसपछि एमालेकै कार्यकर्ताहरूले समेत उनको विरोध गरेका छन् ।

केही वर्षअघि पोखराको एउटा पसलबाट उनले सुनको औंठी निकालेको र थाहा पाएपछि पार्टीले घटना मिलाएको बताइन्छ । अहिले चुनावमा टिकट पाएपछि पौडेलको उक्त भिडियो भाइरल बनाइएको छ ।

एमालेको केन्द्रीय सचिवालय बैठकले मेयरमा पौडेललाई टिकट दिएसँगै पुरानो भिडियो अहिले निकालिएको हो । उनकाे सामाजिक सञ्जालमा भिडियाेसहित आलाेचना भइरहेकाे छ । यसबारेमा बुझ्न खाेज्दा पाैडेल सम्पर्कमा आएनन् । ४० सेकेण्डकाे उक्त भिडियाेमा पाैडेलले पसलमा राखिएकाे औंठी निकालेर काेटकाे गाेजीमा हालेकाे देख्न सकिन्छ ।
















0 प्रतिकृया