गढी गाउँपालिका प्रमुखमा एमालेबाट आशनारायण चौधरी उम्मेद्वार
एक्सन खबर
सुनसरी । नेकपा एमालेले सुनसरीको गढी गाउँपालिका प्रमुखमा आशनारायण चौधरी सहित प्यानलै उम्मेदवारी दर्ता गराएको छ । बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा लघुवित्त कार्यक्रम मार्फत गाउँगाउँमा महिलालाई आर्थिक शसक्तिकरणको अभियानमा संगठित गर्दै आएका चौधरी नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएका हुन् ।
गढी गाउँपालिकाको उपप्रमुखमा एमालेको तर्फबाट अनिता शाहको उम्मेद्वारी रहेको छ । वडाध्यक्षमा वडा नं. १ मा निरज चौधरी, २ मा प्रभाकर माझी, ३ मा कुशेश्वर यादव, वडा नं. ४ मा रामसेवक साह, ५ नं.मा चन्द्रदेव सरदार तथा ६ नं. वडामा सदानन्द उराव रहेका छन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा गढी गाउँपालिकाबाट नेपाली कांग्रेसका श्री प्रसाद यादवले ५०५२ मत ल्याएर विजयी भएका थिए । उपाध्यक्षमा कांग्रेसकै राजकुमारी चौधरीले ४८१९ मत ल्याएर विजयी भएकी थिइन् ।
तर, यसपटक गढीमा नेकपा एमालेले लालकिल्ला गाड्ने लक्ष्यसहित तयारी गरेको छ । ०७४ सालको निर्वाचनबाट विजयी भएका जनप्रतिनिधिहरुले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको गुनासो रहेकोमा यसपल्ट एमालेले त्यसलाई पुर्ती गर्ने गरी बलियो उम्मेद्वार उठाएको छ ।
0 प्रतिकृया