Follow us:


Follow us

१९ वैशाख २०८३, शनिवार
१९ वैशाख २०८३, शनिवार


मदन भण्डारी प्रतिष्ठानका उपकुलपति निलम्बित

एक्सन खबर


मदन भण्डारी प्रतिष्ठानका उपकुलपति निलम्बित

काठमाडाैं । प्रतिष्ठानकाे ऐनअनुसार पदीय दायित्व अनुसार काम नगरेले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. विश्वराज जोशी निलम्बित भएका छन् । बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहेका प्रतिष्ठानका कुलपति राजेन्द्र पाण्डेले डा. जोशीले पदीय दायित्व निर्वाह नगरेको भन्दै निलम्बन गरेका हुन् ।

प्रतिष्ठानका ५ जना सिनेट सदस्यले डा. जोशी विरुद्ध पदीय दायित्व निर्वाह नगरेको भन्दैं मुख्यमन्त्री कार्यलयमा निवेदन हालेका थिए । साेही अनुसार डा. जाेशी निलम्बित भएका हुन् ।

विरुद्ध प्रतिष्ठान ऐनअनुसार पदीय दायित्व निर्वाह नगरेको भनेर उजुरी परेपछि मुख्यमन्त्रीले छानविन कमिटी बनाएका छन् । प्रतिष्ठानकाे ऐनअनुसार छानविन सुरु भएपछि उपकुलपति स्वतः निलम्बित हुने व्यवस्था छ । छानविन कमिटीले ल्याएको रिपोर्ट हेरेर आरोप पुष्टि भए पद  जानेछ नभए पुर्नबहाली हुनुहुनेछ ।

डा. जाेशीमाथि लागेका आरोपबारे अध्ययन गर्न मुख्यमन्त्री पाण्डेले मुख्यमन्त्री कार्यलयका सचिव यमलाल भुसालको संयोजकत्वमा छानविन समिति गठन गरेका छन् ।

डा. जोशीलाई बागमती प्रदेशका तत्कालिन मुख्यमन्त्री डोरमणि पौडेलले २०७७ साल साउन १६ गते ४ वर्षे कार्यकालका लागि नियुक्त गरेका थिए । ऐनअनुसार उपकुलपति निलम्बन भएपछि स्वतः शिक्षाध्यक्ष (दोस्रो बरियता) निमित्त उपकुलपति ताेकिएकाे छ ।













0 प्रतिकृया