प्रत्यासी उम्मेदवारले प्रतिष्पर्धीलाई लगाइदिए एक लाख रूपैंयाकाे पैसाकाे माला
एक्सन खबर
जुम्ला । हुम्लामा स्थानीय तहकाे निर्वाचनका प्रत्यासी उम्मेदवारले प्रतिष्पर्धी उम्मेदवारलाई एक लाख रूपैंयाकाे नाेटकाे माला लगाइदिएका छन् ।
जिल्लाकाे ताँजाकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट अध्यक्ष उम्मेदवार बनेका लालकेश जैशीलाई स्वतन्त्र उम्मेदवार अकवीर खड्काले १ लाख रुपैयाँको नोटको माला लगाइदिएका हुन् ।
बागी उठेका खड्काले आफ्नो उम्मेदवारी निस्क्रिय गराउँदै चुनावका लागि जम्मा गरेको खर्च जैशीलाई माला बनाएर पहिर्याइ दिएका हुन् । टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका उनले पछिल्लाे समय जनताले उम्मेदवारी फिर्ता लिन भनेकाले उम्मेदवारी निस्कृय गरेर चुनाव खर्च जैशीलाई माला बनाएर लगाइदिएका हुन् ।
स्वतन्त्र उम्मेदवारी दिएका उनलाई निर्वाचन कार्यालयले गुलाफको फूल चुनाव चिन्ह दिएको थियाे । तर, निर्वाचनमा निस्कृय बसेपछि साथी भाइले चुनाव खर्चका लागि भन्दै दिएको रकम जम्मा गरेर जैशीलाई हस्तान्तरण गरे ।
ताँजाकोटमा माओवादीका जैशी र नेकपा एमालेका अजमल बुढाबीच प्रतिस्पर्धा छ । अर्का स्वतन्त्र उम्मेदवारी दिएका अर्जुन बुढाले पनि उम्मेदवारी निस्कृय गराएका छन् । स्थानीय तहकाे निर्वाचन बैशाख ३० गते हुँदैछ ।
0 प्रतिकृया