Follow us:


Follow us

११ असार २०८३, बिहिवार
११ असार २०८३, बिहिवार


भरतपुरमा रेनुलाई सुवेदीले १९ मतले उछिने

एक्सन खबर
जेठ, १, २०७९


भरतपुरमा रेनुलाई सुवेदीले १९ मतले उछिने

चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले रेनु दाहाललाई पछि पार्दै अग्रता लिएका छन् ।

आइतबार राति सार्वजनिक मत परिणाम अनुसार सुवेदीले २५४९ मत पाएका छन् । नेकपा माओवादी केन्द्रकी रेनु दाहालले २५३० मत पाएकी छन् । आइतबार दिउँसोसम्म रेनु झिनो मतले अगाडि थिइन्, तर सुवेदीले मतान्तर घटाउँदै लगे र साँझ अग्रता कायम गरेका छन् ।

उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले २७६९ मत पाएर अग्रस्थानमा छन् । दोस्रो स्थानमा रहेकी राप्रपा उम्मेदवार हिमला गुरुङले १९७५ मत पाएकी छन् ।

भरतपुरमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन माओवादी उम्मेदवार रेनु दाहाललाई छ । त्यस्तै नेकपा एमालेका उम्मेदवार सुवेदीलाई राप्रपाको समर्थन छ ।













0 प्रतिकृया