दुहबी ९ को मत गणनामा शंका लागेको भन्दै पुनः मतगणनाको माग
एक्सन खबर
सुनसरी । मतगणनामा धाँधली भएको शंका गर्दै दुहबी नगरपालिका वडा नं. ९ को मतगणना पुनः गर्नुपर्ने माग नेकपा एमालेका नेता कार्यकर्ताहरुले गरेका छन् । स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई हराउन चलखेल भएको भन्दै दुहवीका एमाले कार्यकर्ताहरुले ९ नं. वडाको मतगणना पुनः गर्नुपर्ने भन्दै मतगणना स्थल घेराउ गरेका छन् ।
नेकपा एमाले दुहबी नगर कमिटीले निर्वाचन अधिकृतको कार्यालयमा वडा नं. ९ को मत पुनः गणना गरिपाउँ भन्दै निवेदन दिएको छ । वडाको मतगणना निष्पक्ष ढंगले भएकोमा शंका लागेकोले पुनः गणना गरिनुपर्ने भन्दै निवेदन दिइएको एमालेबाट वडाध्यक्षको उम्मेदवार तथा एमाले दुहबी नगर सह–सचिब ताविज हुसेनले जनाएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले उनको निवेदन दर्ता गराएको छ । दुहबी वडा नं. ९ मा कांग्रेसका मेहदी हुसेन आफ्ना प्रतिष्पर्धीलाई १४ मतले पराजित गरी अध्यक्षमा निर्वाचित भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार निर्वाचित हुसेनले १४३४ मत प्राप्त गर्दा एमालेका उम्मेदवार ताबिज हुसेनले १४२० मत प्राप्त गरेका छन् ।
0 प्रतिकृया