Follow us:


Follow us

२ असोज २०८३, शुक्रवार
२ असोज २०८३, शुक्रवार


सुन्दर हरैँचामा गठबन्धनलाई हराउँदै एमाले विजयी

एक्सन खबर
जेठ, ९, २०७९


सुन्दर हरैँचामा गठबन्धनलाई हराउँदै एमाले विजयी

विराटनगर, ९ जेठ । मोरङको सुन्दर हरैँचा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई हराउँदै केदारप्रसाद गुरागाईं मेयर र अकली चौधरी उपमेयरमा निर्वाचित भएका हुन् ।

गुरागाईँले निवर्तमान मेयरसमेत रहेका कांग्रेसका शिवप्रसाद ढकाललाई हराएका हुन्। गुरागाईंले २१ हजार ४ सय ५ मत ल्याउँदा ढकालले २० हजार ६ सय ७८ मत पाए ।

उपमेयरमा चौधरी २२ हजार ४ सय ५२ मतसहित विजयी भएकी हुन् । निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका नवराज चापागाईंले ११ हजार ३ सय मत ल्याए ।














0 प्रतिकृया