१० करोडभन्दा बढी विद्युत् खपत गर्नेलाई १५ प्रतिशतसम्म महसुल छुट
एक्सन खबर
काठमाडौं, १५ जेठ । सरकारले मासिक १० करोडभन्दा बढी खपत गर्नेलाई १५ प्रतिशतसम्म छुट दिने व्यवस्था गर्ने भएको छ ।
संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले १० करोडभन्दा बढीको विद्युत् खपत गर्नेलाई महसुलमा दुईदेखि १५ प्रतिशत छुट दिने व्यवस्था गर्ने जानकारी दिएका हुन् ।
यस्तै, सरकारले उद्योग सञ्चालन गर्न ५० वर्षसम्म जग्गा भाडामा दिने व्यवस्था गर्ने भएको छ । अर्थमन्त्री शर्माले उद्योग सञ्चालन गर्न ५० वर्षसम्म जग्गा भाडामा दिने व्यवस्था गरिने जानकारी दिएका हुन् ।
साथै हदबन्दीसम्बन्धी व्यवस्थालाई पुनरावलोकन गरिने पनि उनले बताए ।
यस्तै, कुनै पनि कृति वा सिर्जनाको संरक्षणका लागि प्रतिलिपी अधिकार संरक्षणमा थप जोड दिने भएको छ । अर्थमन्त्री शर्माले कसैको सिर्जना चोरी गरेमा वा अनुमतिविनै पुर्न प्रयोग गरेमा कानुन अनुसार सशक्त रुपमा कारबाही गरिने छ ।
0 प्रतिकृया