Follow us:


Follow us

१७ जेठ २०८३, आइतवार
१७ जेठ २०८३, आइतवार


एक लाख पुरस्कार राशीकाे यु. एन. सेफ च्याम्पियन्ससिप हुने

एक्सन खबर
जेठ, २५, २०७९


एक लाख पुरस्कार राशीकाे यु. एन. सेफ च्याम्पियन्ससिप हुने

सुनसरी । धरानकाे नवोदय प्लस टु र यु.एन. कलेजले प्लस टु लेबलका होटल म्यानेजमेन्टका विद्यार्थीहरुका लागि यु. एन. सेफ प्रतियोगिता गर्ने भएको छ । आज कलेजले पत्रकार सम्मेलन गरि उक्त प्रतियोगिताबारे जानकारी गराएकाे छ ।

कलेजका प्रमुख डम्बर तुम्बाहाम्फेले हाेटल मेनेजमेन्टमा राेजगारीका अवसरै अवसर भएकाेले त्यसलाई प्रवर्द्धन गर्न प्रतियाेगिता गर्न लागिएकाे बताए । नेपालकाे शिक्षा प्रणालीले शिक्षित बेरोजगारकाे मात्र उत्पादन गरेकाे जनाउँदै उनले देशकाे समुचित विकास गर्न रोजगार र व्यवहारीक तथा आत्मनिर्भरमुखी शिक्षा आजको आवश्यकता रहेकाे बताए ।

यही कुरालाई मध्य नजर गर्दै कलेजले होटल म्यानेजमेन्ट +२ र स्नातकमा हाेटल मेनेजमेन्ट विषय सञ्चालन गर्दै आएको जनाउँदै तुम्बाहाम्फेले यु. एन. कलेजले प्रदेश नं १ मा नै होटल म्यानेजमेन्टकाे विषयलाई स्थापित गरेकाे जिकीर गरे ।

उनले हस्पिटालिटी इन्डस्ट्री र पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यका साथ, यस वर्षदेखि अन्तर कलेज प्रदेश स्तरिय 'यु.एन. सेफ प्रतियोगीता' गर्ने र  प्रतियोगितामा कक्षा १२ अध्ययनरत विद्यार्थीहरुले भाग लिन पाउने पनि जानकारी गराए ।

प्रतियोगितामा हरेक कलेजबाट अधिकतम २ वटा ग्रुपले भाग लिन पाउने छन् । एउटा ग्रुपमा २ जना विद्यार्थी रहनेछन् । सेफ प्रतियोगिताका विजेताले नगद एक लाखका साथै हाेटल मेनेजमेन्टमा ब्यचालर अध्ययनमा छात्रवृत्ति तथा ट्रफि समेत पाउनेछन् । प्रतियोगिताका फस्ट रनर अपलाई नगद पचास हजार बराबरको पुरस्कार र छात्रवृत्ति, सेकेन्ड रनर अपलाई नगद तीस हजार बराबरको पुरस्कार र छात्रावृत्ति दिइने बताइएकाे छ ।

साे अवसरमा कलेजका अध्यक्ष ज्ञानेश्वर झाले यु एन सेफ प्रतियोगिताले पर्यटन र समग्र हस्पिटालिटी क्षेत्रमा महत्वपुर्ण योगदान पुयाउने बताए । उनले प्रदेश एकमा मास्टर्स सेफकाे प्रवर्द्धन गर्नुका साथै दक्षा जनशक्ति उत्पादन गर्ने कार्यमा सहयाेग पुग्ने बताए ।

होटल म्यानेजमेन्ट पढेका विद्यार्थीहरु +२ लेवलमा पढेका सिकेका र जानेका सिपलाई प्रर्दशन गर्न राम्रो प्लेट फर्मको रुपमा यू. एन. सेफ च्याम्पयनसिप सावित हुने तथा पर्यटन प्रवर्द्धनमा सहयाेग पुग्ने कलेजका  होटल म्यानेजमेन्ट कोडिनेटर गगन मान श्रेष्ठले बताए । यहि असार ६ गते हुन लागेकाे प्रतियोगिता सञ्चालनमा करिब १० लाख रूपैंया खर्च लाग्ने आयोजक कलेजले जनाएको छ ।













0 प्रतिकृया