Follow us:


Follow us

१८ जेठ २०८३, सोमवार
१८ जेठ २०८३, सोमवार


एसियन कप छनोट २०२३: जोर्डनसँग नेपाल पराजित

एक्सन खबर
जेठ, २६, २०७९


एसियन कप छनोट २०२३: जोर्डनसँग नेपाल पराजित

रमेश सुवेदी
कुवेत, २६ जेठ । एएफसी एसियन कप छनोट २०२३ को तेस्रो चरणअन्तर्गत पहिलो खेलमा नेपाल बलियो टोली जोर्डनसँग २-० अन्तरले पराजित भएको छ । बुधबार राति कुवेत सिटीस्थित जाबिर अल अहमद स्टेडियममा पहिलो हाफमा जोर्डनलाई रोकेको नेपाल दोस्रो हाफमा भने त्यसलाई निरन्तरता दिन सकेन । जोर्डनको जित अलि ओल्वन र हाम्जा अल दारदौरले एक एक गोल गरे ।

पहिलो हाफमा नेपालका  गोलकिपर दीप कार्कीले पेनाल्टी बचाउँदा जोर्डम दबावमा आएको थियो । पहिलो आधिकारिक प्रतियोगितामै सुरुवाती एघारमा स्थान बनाएका दीपले  खेलको ४३औँ मिनेटमा जोर्डनका मौसा मोहमद सुलेमानको पेनाल्टी बचाएका थिए ।

जितसँगै जोर्डनले पहिलो खेलबाट ३ अंक जोडेको छ । आजनै भएको अर्काे खेलमा आयोजक कुवेत इन्डोनेसियासँग १-० ले पराजित भयो ।

नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुलाह अल्मुतारीले युवा खेलाडीले राम्रो प्रदर्शन गरेको तर जोर्डनलाई रोक्न असफल भएको बताए । यस खेलमा दीपसँगै बिकास तामाङले समेत नेपालका लागि डेब्यु गरेका छन् । सेन्ट्रल ब्याक बिकास पूरा समय मैदानमा बिताएका थिए ।

अब नेपालले २८ जेठमा घरेलु टोली कुवेत र ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ । जाेर्डनसँगकाे नतिजासँगै नेपाल अंक तालिकाको पुछारमा रहेको छ । तेस्रो चरणको छनोटबाट हरेक समूहको शीर्ष टोली एसियन कपमा छनोट हुनेछ । त्यस्तै उत्कृष्ट ५ दोस्रो हुने टोलीले पनि सन् २०२३ मा चीनमा हुने मुख्य प्रतियोगितामा स्थान बनाउनेछन् ।













0 प्रतिकृया