Follow us:


Follow us

१७ जेठ २०८३, आइतवार
१७ जेठ २०८३, आइतवार


मोटोपनकाे शल्यक्रिया गरेका व्यक्तिमा क्यान्सरको जोखिम बढी

एक्सन खबर
जेठ, २५, २०७९


मोटोपनकाे शल्यक्रिया गरेका व्यक्तिमा क्यान्सरको जोखिम बढी

न्युयोर्क, २६ जेठ । विज्ञहरूका अनुसार मोटोपना क्यान्सरको उच्च जोखिमसँग सम्बन्धित छ । तर, तौल घटाउने शल्यक्रियाले क्यान्सरको जोखिम कम गर्ने एउटा नयाँ अध्ययनले देखाएको छ । अमेरिकन सोसाइटी फर मेटाबोलिक एन्ड बेरियाट्रिक सर्जरीको वार्षिक बैठकमा प्रस्तुत गरिएको अनुसन्धान अनुसार तौल घटाउने शल्यक्रिया जोखिम भए पनि शल्यक्रियापछि क्यान्सरको खतरा कमी हुने देखाएको हो ।

विस्कन्सिनको गुन्डरसेन लुथरन हेल्थ सिस्टमका अन्वेषकहरूले मोटोपना भएका ३ हजार ७७६ वयस्कहरूको अध्ययन गरेका थिए । उनीहरूमध्ये १ हजार ६२० जनाले तौल घटाउने शल्यक्रिया गरेका थिए ।

अनुसन्धानकर्ताहरूका अनुसार तौल घटाउने शल्यक्रिया गरेका व्यक्तिमाभन्दा शल्यक्रिया नगरेका व्यक्तिमा क्यान्सरको जोखिम दोब्बर र क्यान्सरबाट मृत्युको सम्भावना तीन गुणा बढी पाइएको थियो ।

विशेष गरी तौल घटाउने शल्यक्रिया गरेका मानिसमा स्तन क्यान्सर, मृगौलाको क्यान्सर, थाइरोइड क्यान्सर, स्त्री रोगको क्यान्सर, फोक्सोको क्यान्सर र मस्तिष्कको क्यान्सरको जोखिम कम देखिएको थियो ।

‘तौल घटाउने शल्यक्रियामार्फत क्यान्सर जोखिम घटाउने फाइदालाई बेवास्ता गर्न सकिँदैन’, अध्ययनका सह–लेखक तथा गुन्डरसेन लुथरन स्वास्थ्य प्रणालीका चिकित्सक डा.जेरेड आर मिलरले भने ।
 













0 प्रतिकृया