Follow us:


Follow us

१८ जेठ २०८३, सोमवार
१८ जेठ २०८३, सोमवार


ललितपुरको ठेचोमा केएमसीको निःशुल्क स्वास्थ्य शिविरबाट नौ सय बिरामी लाभान्वित

एक्सन खबर
जेठ, २६, २०७९


ललितपुरको ठेचोमा केएमसीको निःशुल्क स्वास्थ्य शिविरबाट नौ सय बिरामी लाभान्वित

ललितपुर, २६ जेठ । ललितपुरको गोदावारी नगरपालिका–१२ स्थित ठेचोमा विहीबार सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरबाट नौ सयभन्दा बढी बिरामी लाभान्वित भएका छन् । काठमाडौंको सिनामंगलस्थित काठमाडाैं मेडिकल कलेज, जेष्ठ नागरिक चौतारी र गोदावारी नगरपालिका वडा नंम्बर १२ को सहकार्यमा शिविर सञ्चालन गरिएको हो ।

डलुचा गार्डेनमा सञ्चालित शिविरमा केएमसीका डाक्टरहरुले ९८२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् । शिविरमा २२७ जनाको रक्त परीक्षण, १९८ जनाको भिडियो एक्सरे र १२१ जनाको मुटुको जाँच (ईसिजी) गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार दाँतमा समस्या भएका ३१ जनाको दाँत निकालिएको छ । त्यस्तै शिविरमा उपचार सम्भव नभएका ४२ जना बिरामीलाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको छ ।

केएमसीले यसअघि मंगलवार किर्तिपुरमा स्वास्थ्य शिविर सञ्चालन गरेर ११३३ जनाको निःशुल्क उपचार गरेको थियो । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा सबैको पहुँच पुगोस् भन्ने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई तीव्रता दिइएको केएमसीका अध्यक्ष डा.सुनिल शर्मा बताउँछन् ।














0 प्रतिकृया