सवारी दुर्घटनामा १ जनाको मृत्यु, ६ जना घाईते
एक्सन खबर
सुनसरी, जेष्ठ २९ । सुनसरीको कोशी गाउँपालिका-७ स्थित राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन् । मृत्यु हुनेमा पैदल यात्री स्थानिय १८ बर्षीय श्रवण कुमार मेहता रहेका छन् ।
आज बिहान ८ बजे पश्चिम तर्फ गईरहेको को २ च ३९९२ नम्वरको स्कारपियो गाडीले पैदल यात्री मेहतालाई ठक्कर दिई दुर्घटना भएको थियो । दुर्घटनाबाट घाईते भएका पैदल यात्री मेहताको उपचारको क्रममा बिराटनर्सिङ होम बिराटनगरमा मृत्यु भएको हो ।
स्कारपियोमा सवार रहेका चालक सहित ६ जनाको सोही अस्पतालमा उपचार भईरहेको छ । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।
0 प्रतिकृया