Follow us:


Follow us

१८ वैशाख २०८३, शुक्रवार
१८ वैशाख २०८३, शुक्रवार


निगमका अध्यक्षलाई कुटेकाे आराेपमा पर्यटनमन्त्रीविरुद्ध कारबाहीको माग गर्दै संसद् सचिवालयमा उजुरी

एक्सन खबर
असार, ५, २०७९


निगमका अध्यक्षलाई कुटेकाे आराेपमा पर्यटनमन्त्रीविरुद्ध कारबाहीको माग गर्दै संसद् सचिवालयमा उजुरी

काठमाडौं, ५ असार । गत असार ३ गते नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई कुटेर विवादमा तानिएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेविरुद्ध आइतबार संसद् सचिवालयमा उजुरी परेको छ ।

अधिवक्ताद्वय किशोर पौडेल र अनुपम भट्टराईसहित तीन जनाले आलेविरुद्ध संसद् सचिवालय सिंहदरबारमा उजुरी दिएका हुन् । पौडेल, भट्टराई र कानुनकी विद्यार्थी रेजिना पौड्यालले आइतबार संसद् सचिवालयस्थित आचरण अनुगमन समितिको कार्यालयमा उजुरी दर्ता गराएका छन्।

मन्त्रीजस्तो पदमा रहेर पनि पर्यटनमन्त्री आलेले गत फागुन ३ गते सार्वजनिक भएको पहिलो टेलिफोन अडियोमा मुम्बईमा बस्ने एक नेपालीलाई अश्लील शब्द प्रयोग गरी ठेगान लगाउनेसम्मको धम्की दिएको स्मरण निवेदनमा गरिएको छ ।

त्यसपछि पनि उनले विभिन्न सार्वजनिक स्थानमा राजनीतिक दलका नेता तथा निजामती कर्मचारीलाई अश्लील तथा अपशब्द प्रयोग गर्ने गरेको पाइएको निवेदनमा उल्लेख छ ।

सांसदको आचारसंहिताको विषयमा प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २१६ को उपनियम (ख) अनुसार प्रतिनिधिसभा सदस्यले समाजमा विद्यमान सार्वजनिक नैतिकता र आचरण अनुकूलको व्यवहार गर्ने उल्लेख रहेकोमा सार्वजनिक पद धारण गरेको व्यक्तिले पदीय दायित्व भुलेको उल्लेख गर्दै उजुरीमा कारबाहीको माग गरिएको छ । फाेटाे साैजन्यः रासस













0 प्रतिकृया