Follow us:


Follow us

२७ जेठ २०८३, बुधवार
२७ जेठ २०८३, बुधवार


बाढीले अटो बगाउँदा र मोटरसाईकल दुर्घटनामा परी २ जनाको मृत्यु

एक्सन खबर
असार, ६, २०७९


बाढीले अटो बगाउँदा र मोटरसाईकल दुर्घटनामा परी २ जनाको मृत्यु

सुनसरी, ६ असार । सुनसरीको बराहक्षेत्र नगरपालिका-१ को बाघ खोलाले टेम्पो बगाउँदा १ जनाको मत्यु भएको छ । आईतवार साँझ पौने ८ बजेको समयमा चतराबाट धरान तर्फ आउँदै गरेको को २ ह ८९८५ नम्बरको टेम्पोलाई अचानक बाघखोलाले बगाउँदा टेम्पोमा सवार बराहक्षेत्र नगरपालिका-१ की १७ बर्षीया स्टिफिना राईकाे मृत्यु भएकाे हाे ।

खाेलाले टेम्पाे बगाउँदा स्टिफिना राई र चालक धरान-१७ का २२ बर्षीय राजु राई बेपत्ता भएका थिए । टेम्पोलाई खोलाले बगाई बेपत्ता भएको भन्ने खबर प्राप्त भएसँगै तत्काल ईलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा चालकलाई सामान्य घाईते अवस्थामा उद्धार गरेको तथा स्टिफिना राईलाई मृत अवस्थामा फेला पारेको थियो ।

घाईते चालकलाई उपचारको लागि धरान पठाएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

उता मोरङको बेलबारी-११ स्थित पुर्व पश्चिम राजमार्गमा मोटरसाईकल दुर्घटनाबाट १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् ।

साेमबार दिउँसो सवा १२ बजे पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २० प ७७५२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक मोरङ बेलबारी-१० का ३१ बर्षीय कुसुमलाल धिमाल र मोटरसाईकलमा सवार मोरङ पथरीशनिश्चचरे-६ का २८ बर्षीय रमेश धिमाल घाईते भएका थिए ।

दुर्घटनाबाट घाईते भएका उनीहरुको उपचारको लागी नोबेल अस्पताल बिराटनगर लगिएकोमा कुसुमलालको चेकजाँचको क्रममा डाक्टरले मृत घोषणा गरे । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको छ ।













0 प्रतिकृया